Comments Add Comment

एमाओवादी अविश्वासिलो: कांग्रेस

२४ वैशाख, काठमाडौं । कांग्रेसले सरकारको कामकारबाहीप्रति तीव्र असन्तुष्टि जनाउँदै सरकार फेर्ने कसरतमा जुटेको एमाओवादी नेतृत्वले केही घन्टामा पछाडि फर्किएर विश्वसनीयता गुमाएको जनाएको छ ।

Congress-Flagएमाओवादीले बिहीवार बिहान अघिल्लो दिनको आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय फिर्ता लिँदै वर्तमान सरकारलाई नै बजेट ल्याउन दिने निर्णय लिएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।

एमाओवादीको एक दिन पनि टिक्न नसकेको निर्णयले उसको नेतृत्व अविश्वसनीय साथै स्पष्ट नभएको टिप्पणी कांग्रेसले गरेको हो ।

‘सरकारको कामकारबाही राम्रो भएन । कोही सरकारप्रति सन्तुष्ट हुन सकेनन् । अब सरकार फेर्नुपर्यो भनेर पहिला एमाओवादीले नै हामीसँग प्रस्ताव गरेको हो’, कांग्रेस नेता प्रकाशशरण महतले भने,’त्यसमा हामीले सरकारको नेतृत्व गर्ने कुनै आशा नदेखाई सरकारको कामाकारबाहीप्रतिको असन्तुष्टिमा एकरुपता भएकाले एमाओवादी नेतृत्वको सरकार निर्माणमा सहयोग गर्ने वचन दिएका हौं तर एमाओवादी नेतृत्व विश्वसनीय देखिएन ।’

कांग्रेसले एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार भूकम्पपछि पुनर्निर्माण, राहत वितरणलगायत सामान्य काम समेत गर्न नसकेको भनेर आलोचना गर्दै आएको थियो । कांग्रेसको आलोचनामा सरकारमा सहभागी एमाओवादीसमेत सहमत भएपछि विकल्प खोज्न तयार हुने ष्किर्षमा कांग्रेस पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment