Comments Add Comment

सलमानकी प्रेमिकाले भनिन्-‘म बिबाहित होइन’

salman and luliya with mom
बलिउडका अविवाहित नायक सलमान खान रोमानियाकी मोडल लुलिया वन्तुरसँग प्रेममा छन् । प्रेमको चर्चासँगै लुलियाको विगतलाई लिएर मिडियामा विभिन्न खालको समाचार पनि आइरहेको छ । सलमानले बिबाहित लुलियासँग बिहे गर्न लागेको चर्चा पनि चलेको छ ।

बी टाउनमा यस्ता खालका चर्चा चलेपछि इन्स्ट्राग्रामको माध्यमबाट लुलियाले आफ्नो मुख खोलेकी छिन् । उनले लेखेकी छिन्-पि्रय साथीहरु मलाई लाग्दैन कि कुनै पनि हल्लाको जवाफ दिन जरुरी छ । तर, मैले सोचेकी यस्ता हल्लालाई स्पष्ट पार्न जरुरी छ । मैले आजसम्म बिहे गरेको छैन र बिहेका लागि कुनै हतार पनि छैन ।’

सलमान र लुलियाको बिहे यो बर्षको अन्तिममा हुने चर्चा मिडियामा चलिरहेका छन् । सलमानले भने बिहेको बिषयमा बोल्दै मिडियालाई नभई फ्यान्सलाई ट्विटर र फेसबुकको माध्यमबाट जानकारी गराउने उल्लेख गरेका छन् । सलमानको बिहेको बिषयमा उनका दुई भाई सोहील र अरवाजले पनि आपत्ती जनाइसकेका छन् ।

लुलिया र यूरोपका निर्माता मारियस मोगाको तस्बिर भाइरल भैरहेको छ, र यी दुई पति-पत्नी भएको चर्चा पनि चलेको छ । यहि चर्चाको समयमा लुलियाले आफू अविवाहित भएको भन्दै कुरा स्पष्ट पार्न चाहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment