Comments Add Comment

यस्तो छ अनमोलकी आमाले बनाएको फिल्मको गीत

ma-timrai-hu

काठमाडौं । नायक अनमोल केसी र उनकी आमा सुस्मिता केसीले बनाएको चलचित्र ‘म त तिम्रै हुँ’ को टाइटल गीत सार्वजनिक भएको छ । करोडपति, नेपाली बाबु, म तिमि बिना मरिहाल्छु’ जस्ता सफल चलचित्र निर्माण गरेकी सुस्मिता सात बर्षपछि निर्माताको रुपमा फर्किएकी हुन् ।

अभिनेता भुवन केसीसँग सम्बन्धमा खट्पट भएपछि सुस्मिता केही समय अभिनयवाट टाढा रहिन् । ‘म तिमै हुँ’ रिलिजपछि निर्माण र अभिनयमा निरन्तर लाग्ने उनको भनाई रहेको छ ।

अहिले सार्वजनिक भएको टाइटल गीत ‘म त तिम्रै हुँ’मा हर्कुलिस बस्नेतको शब्द तथा सगीत रहेको छ भने बस्नेत र निखिता थापाको स्वर रहेको छ ।

प्रेमभावमय यस गीतको सुटिङ पाल्पा दरबार ,चितवन ,मकानपुरगढी लगायतका स्थानमा सुटिङ गरिएको छ । गीतको निर्देशन कविराज गहतराजले गरेका छन् । आकाश श्रेष्ठ र ज्योत्सना योगीले अभिनय गरेका छन् ।

अनमोल केसीको ब्यानरमा निर्माण भएको चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् । चलचित्रमा आकाश र ज्योत्सनाको अलावा सुस्मिता केसी सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको मुख्य रहेको छ ।

फिल्ममा सौरभ लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । सुस्मिता केसीको कथा रहेको यस चलचित्रमा सुवास थापाको समेत लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment