Comments Add Comment

श्रीमान्-श्रीमति बनेपछि अर्पणको काखमा प्रियंका

anagat shooting house
बाहिरको सजावट हेर्दा नै धेरैको मन तान्छ यो घरले । भित्र प्रवेश गरेपछि त झनै मन लोभ्याउँछ घरले । घरमा प्रयोग गरिएका सामाग्री, निर्माणको तरिका साच्चै गजबको छ । anagat shoot house first floor anagat shoot pk photo

घरको तल्लो फ्लोरबाट भर्‍याङ उक्लदै गर्दा, भित्तामा प्रियंका कार्कीका तस्बिर छन् । कतै उनी दुलहीको पहिरनमा छिन् त कतै छोटा पहिरनमा । भित्तामा सानी वच्चीको पनि तस्बिर छ ।

घरको पहिलो फ्लोरको सजावट पनि उस्तै छ । भित्तामा प्रियंका कार्की र अर्पण थापाको बिहेको तस्बिर फ्रेममा राखिएको छ । छेउमै विस्तारा, खाटमा दुइको तस्बिर । यदि, कोही मानिस नभएको समयमा यो घर कोही पुग्यो भने प्रियंका कार्की र अर्पण थापाले बिहे गरेर सुटुक्क नयाँ घरमा बस्न थालेछन् भन्ने लाग्न सक्छ । priyanka and arpan bihe priyanka in anagat shoot

तर, जब क्यामेराको लेन्स र क्रिउ मेम्बर देखिन्छ अनी मात्र त्यहाँ पुग्नेलाई लाग्छ यो सुटिङ रहेछ ।

काठमाण्डौको नेपालटारमा रहेको एउटा घरमा निर्देशक साम्तेन भुटिया आफ्नो नयाँ चलचित्र ‘अनागत’को छायांकनमा व्यस्त थिए । यो घरमा विगत १२ दिनदेखि उनी छायांकन गरिरहेका थिए ।arpan makeup chiringrita sherpa shoot

चलचित्रको छायांकन अन्तिम अवस्थामा पुगेको थियो । यतिकैमा श्रीमान्-श्रीमति बनेका अर्पण थापा र प्रियंका कार्की एउटा कुर्सीमा बसेर अंगालिन थाले । अर्पणले आफ्नै हातमा सानो क्यामेरा लिएका थिए ।

अर्पणको काखमा बसेकी प्रियंकाले उनीसँगै चल्दै र जिस्कदै विभिन्न कुराकानी गरिरहेकी थिइन् । अर्पण उनलाई शंकाको भावले हेर्दै थिए ।priyanka and arpan priyanka and arpan anagat shoot priyanka arpan shoot priyanka and arpan love

निर्देशकले वरिपरी कसैलाई पनि जान नदिई यी दुई पर्दाका श्रीमान्-श्रीमतिलाई एकान्तमा छोडिदिए । उनीहरु मस्ती गर्दै डुबिरहेका थिए । निर्देशकले कट भनेपछि मात्र यी दुइको प्रेम आनन्द भंग भयो ।arpan thapa

अर्पणका अनुसार यो चलचित्रमा उनको दिमागी अभिनय धेरै देखिन्छ । चलचित्रमा नायिका कार्की पेन्टरको भूमिकामा छिन् । चलचित्रको बारेमा अर्पणले यसो भनेः
anagat shoot wiht journalist anagat frame
चलचित्रको मुहुर्तमा मैले जे भनेको थिएँ, अहिले छायांकन अन्तिम अवस्थामा पुग्दा त्यसै अनुसार बनेको छ ।

हामीले यो चलचित्रलाई थोरै दिनमा सकेपनि दबाबमा काम गर्नुपरेको छैन । हरेक कुरा पहिले नै तयार हुने भएकाले काम गर्न सजिलो भयो । यो चलचित्र नेपाली समाजको वास्तविक चित्र पनि हो । रुप फरक होला तर यस्तो घटना नघट्ला भन्न सकिन्न । दर्शकले यो चलचित्र हेरेर मनोरञ्जन पाउँछन् ।

चलचित्रको बारेमा नायिका प्रियंका कार्कीको भनाई यस्तो छः
यो चलचित्रमा अर्पणलाई अपोजिट पाएर म एकदमै खुशी छु । यो पात्रका लागि उ भन्दा अरु कोही नि फिट हुन नै सक्दैन । मलाई यो घरमा चलचित्रको छायांकन गर्दा गर्दै छाड्न नै मन लागेको छैन । मैले मेरा तस्बिरहरु नहटाउनुहोला भनेको छु । यो चलचित्रमा दुबै जना पात्र एकदमै क्रियटिभ छ ।priyanka karki

मान्छेहरु पेन्टिङमा काम गर्न थालेपछि मनमा धेरै कुरा खेलाउँछन् । यसैले पनि होला उनीहरुको दिमागमा हरेक कुरामा शंका उत्पन्न हुन्छ । चलचित्रमा मैले अर्पणलाई मार्न खोजेकी छु । २ जना नै दिमागमा धेरै कुरा खेलाउने पात्र भएकाले होला शंका धेरै उत्पन्न हुन्छ । सुरेश र कृती नाम गरेका दुई पात्रको कथा हो यो । यसमा जम्मा ६ जना कलाकार छन् ।

चलचित्रबाट प्रियंका र अर्पण एकदमै खुशी देखिए । यो चलचित्रले कतै कतै दर्शकको मनमा डर पनि उत्पन्न गर्नेछ । चलचित्रमा कुनै पनि गीत छैन । अन्तिम दिनको सेड्यूल भएकाले दुई कलाकार फेरि फ्रेमभित्र प्रेम गर्न थाले ।

‘अनागत’को अर्थन नदेखिएको भन्ने हुदोरहेछ । निर्देशक भुटिया पत्रकारहरुलाई चलचित्रको बारेमा बताउँदै थिए ।

तस्बिर : कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment