Comments Add Comment

भारतको गुडगाउँमा नेपाली मजदूरले गरे आत्महत्या

Suicide-Hanging

१२ जेठ, काठमाडौं । रोजगारीको क्रममा भारतको गुडगाउँमा रहेका एक नेपालीले झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

गुडगाउँस्थित सेक्टर ४२ क्षेत्रमा जग्गा किनबेच गर्ने कार्यालयमा कार्यालय सहायकको रुपमा काम गरिरहेका ३५ बर्षीय कृष्ण कार्कीले कोठाको पंखामा पासो लगाएर आत्महत्या गरेको भारतीय प्रहरीले बताएको छ ।

कार्कीका आफन्तले पुलिसलाई बताए अनुसार उनी गत सातामात्रै घर -नेपाल) गएर फर्केका थिए । त्यसयता पारिवारिक समस्या बताउने उनी निक्कै डिप्रेसनको शिकार भएका थिए । कार्की दुई बर्षदेखि दिल्लीका नागरिक मनोज कुमारले सञ्चालन गरेको त्यस कार्यालयमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment