Comments Add Comment

कांग्रेस नेतृको हार चोरियो

gold_diamond१३ जेठ, काठमाडौं । पछिल्लो समय राजधानीमा चोरी बढेको छ ।

हरेक दिन चार पाँचवटा mचोरीका घटना प्रहरीमा उजुरी हुने गरेको छ । सिक्री लुट्ने समूह पनि सक्रिय भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसैबीच, कांग्रेस नेर्त कुमारी राईको डेरामा चोरी भएको छ । मैतीदेवी मन्दिरपछाडि बद्री श्रेष्ठको घरमा भाडामा बस्ने राईको कोठाबाट हीराको हार, मुगाको माला तथा सात हजार रुपैयाँ चोरी भएको भएको हो ।

कोठामा कोही नभएको अवस्थामा चोरहरुले ढोका फुटाएर २ जेठमा चोरी गरेका हुन् । प्रहरीले केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

नेतृ राई कांग्रेसको पूर्वआमन्त्रित केन्द्रीय सदस्य हुन् । सुनसरी घर भएको उनी हाल महासमिति सदस्य छिन् । १३ औ. महाधिवेशनमा उनी केन्द्रीय सदस्य पदमा पराजित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment