Comments Add Comment

नयाँ बजेट प्रधानमन्त्रीको भाषण जस्तै हावादारी हुन्छः देउवा

Sherbahadur-Deuba_1१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली सरकार ल्याउने बजेट हावादारी हुने दाबी गरेका छन् । उनले बजेट दुरुपयोग हुनसक्ने भन्दै त्यसको प्रतिवाद समेत गरिने बताए ।

नेपाल प्रेस युनियनको २५ औँ स्थापना दिवसको काठमाडौमा आयोजित कार्यक्रममा सभापति देउवाले पत्याउन र गर्न नसकिने काम गर्छु भन्दै हिड्नेलाई जनताको कर र विदेशी दातृ निकायले दिएको सहयोग दुरुपयोग गर्ने अधिकार नभएको बनाए ।

उनले प्रधानमन्त्री ओलीको भाषण जस्तै हावादारी रुपमा बजेट आउन लागेको भन्दै दुरुपयोगको खतरा औंल्याए । उनले भने,’देशमा यातायात समेत चलाउन नसकेको बेला रेल कुदाउछु भन्ने, बिजुली बेच्छु भन्ने, कसले पत्याउँछ, बजेट पनि त्यस्तै हो ।’

नेपाली कांग्रेसका प्रमुख नेताहरु सहभागी कार्यक्रममा बोल्ने बक्ताहरुले समसामयिक समाज र राजनैतिक परिवर्तनमा प्रेस युनियनको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताएका थिए ।

नेपाली कांग्रेस निकट रहेका पत्रकारहरुले ०४८ साल जेठ १३ नेपाल प्रेस युनियन स्थापना गरेका थिए। कार्यक्रममा युनियनका संस्थापक रमेश तुफान, तारानाथ दाहाल, कन्हैयालाल केशरी, शिरीषबल्लभ प्रधानलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment