Comments Add Comment

ठूला पदक नेता र उच्च ओहदाका व्यक्तिलाई बाँडियो (सूचीसहित)

मदन भण्डारीलाई नेपाल रत्न, जीवराज आश्रित सूचिमा परेनन्

Madan Bhandari

१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना स्वर्गीय पति मदन भण्डारीलाई मरणोप्रान्त सम्मानित गर्ने भएकी छिन् । ०७३ सालको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले दिने सबैभन्दा उच्च पदक ‘नेपाल रत्न’ मानपदवीले स्व. भण्डारी सम्मानित हुने भएका हुन् ।

दासढुंगामा भएको शंकास्पद सवारी दुर्घटना मा मारिएका भण्डारी एमालेका तत्कालिन महासचिव थिए । उनीसँगै मृत्यु भएका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रति भने पदक सुचीमा छैनन् ।

राष्ट्रपति भण्डारीबाट दिइने विभिन्न मानवपदवी, अलंकार र पदकको गृह मन्त्रालयले घोषणा गरेको छ । घोषित नामहरुमध्ये माथिल्लो श्रेणीका पदकहरु राजनीतिक दलका नेता र सरकारी उच्च ओहदाका व्यक्तिहरु र नेताका छोराछोरीको पोल्टामा परेका छन् ।

कांग्रेसका पूर्वसभापति स्व. सुशील कोइराला र पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङलाई दोस्रो तहको राष्ट्रगौरव पदवी दिइएको छ ।

तेस्रो नम्बरको महाउज्जवल कीर्तिमय राष्ट्रदीप पदक पाँचजना नेताहरुलाई प्रदान गरिएको छ, जसमध्ये एक जनामात्रै जिवित छन् । यो पदक पाउनेमा स्व. सूर्यबहादुर थापा, स्व. नरबहादुर कर्माचार्य, रामहरी जोशी, स्व. निर्मल लामा र स्व. पोष्टबहादुर बोगटी छन् ।

त्यसैगरी चौथो नम्बरको प्रसिद्ध प्रबल जनसेवाश्री प्राप्त गर्नेमा दुई माओवादी नेता र तीन सरकारी ओहदाका व्यक्तिहरु छन् । यो पदवी पाउने माओवादी नेता वर्षामान पुन र जनार्दन शर्मा हुन् । उनीहरु दुवै पूर्वलडाकु कमाण्डर हुन् । यो पदवी पाउने अन्य व्यक्तिहरुमा योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा,, सर्वोच्च अदालतका न्यायधीस वैधनाथ उपाध्याय र महालेखा परीक्षक भानुप्रसाद आचार्य छन् ।

पाँचौं नम्बरको सुकीर्तिमय राष्ट्रदीप मानपदवी ६ जना उच्च ओहोदाका व्यक्तिहरुलाई प्रदान गरिएको छ । यो पदवी पाउनेमा मुख्य सचिव डा. सोमलाल सुवेदी, सेनापति राजेन्द्र क्षत्री, अर्थ सचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दीलिपराज रेग्मी छन् ।

यसैगरी सुप्रबल जनसेवाश्रीबाट ८२ जना, प्रबल जनसेवाश्रीबाट १३५ जना, र जनसेवाश्रीबाट ५१ जना गरी कुल २८७ जनालाई मानपदवी प्रदान गर्ने घोषणा गरिएको छ ।

त्यस्तै, १६ जनालाई अलंकार तथा ६५ जनालाई पदक प्रदान गर्ने घोषणा गरिएको छ । प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिहरुको उद्धार, व्यवस्थापन वा प्रकोपको जोखिम न्यूनीकरणमा योगदान गर्ने ५६ हजार २७९ जनालाई प्राकृतिक प्रकोप पीडितोद्धार पदक प्रदान गरिएको छ ।

सार्क सिखर सम्मेलन सफलतापूर्वक सम्वन्न गर्ने योगदान गर्ने २५ हजार १२२ जनालाई कदरपत्र प्रदान गरिनेे गृहले घोषणा गरेको छ ।

Padak_2073

छनोट समितिका सदस्य सचिव आफैं विभुषित

गृह सचिव तथा छनोट समितिका सदस्य सचिव नारायण गोपाल मलेगोले पाँचै क्षेत्रका क्षेत्रीय प्रशासकलाई पदक तथा विभुषणका लागि सिफारिस पठाउन पत्राचार गरेका थिए । त्यही बमोजिम नाम छनोट गरिएको हो । मलेगोले आफैंलाई पनि विभुषित गराएका छन् । उनीसहित ५ सचिवहरुले सुप्रबल जनसेवाश्री पदक प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment