Comments Add Comment

कांग्रेसको कतार जनसम्पर्क समितिको नेतृत्वमा भुसाल निर्बिरोध

Katar-Congress

दोहा । नेपाली जनसम्पर्क समिती कतारको चौथो महाधिवेशनबाट केशब भुसालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरिएको छ । शुक्रबार दोहाको होटल ग्लोरियाको सभाहलमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीको प्रमुख आतिथ्यतामा महाधिवेशन सम्पन्न भएको हो ।

नयाँ कार्यसमितीको उपसभापतिको २ पदमा शंकर न्यौपाने र सुनिल कुमार मण्डल, महामन्त्रीमा मोहम्मद अजिज अली, सहमहामन्त्री केदार भुसाल, कोषाध्यक्षमा पूर्ण पोखरिया र सह-कोषाध्यक्ष रामजी खत्री निर्बिरोध निर्वाचित भएका छन ।

त्यस्तै समितिको कार्यसमिती सदस्यमा घनश्याम न्यौपाने, याकुब मियाँ, पुरुषोत्तम सुनुवार, जनार्दन न्यौपाने, राम सुयाल, राकेश श्रेष्ठ, मोहम्मद उमेर आलम, रामकुमार मण्डल, चन्द्रकान्त शर्मा, रामेश्वर मण्डल, जिवच्छ यादव र मोहम्मद वासिर राइन सर्वसम्मत चयन भए ।

कार्यक्रममा विशेष अतिथी नेपाली दुतावासका कार्यवाहक राजदुत मणीरत्न शर्माले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै विशेष अतिथीहरु जनसम्पर्क समितीका प्रमुख सल्लाहकार बद्री पाण्डे, संस्थापक सभापती नरेन्द्र भाट, एनआरएनए गल्फ उपसंयोजक उमेश अधिकारी, आईसीसी सदस्य बिनोद भट्टराई, कोअप्ट सदस्य आरके शर्मा, एनसीसी कतारका अध्यक्ष बिनेश तामाङ लगायत कतारमा स्थापित बैचारीक तथा सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । उपस्थित अतिथीहरुले मन्तव्य मार्फत आउने नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

जनसम्पर्क समितिले महाधिवेशनको अवसरमा आफ्नै वेवसाइट सार्वजनिक गरेको थियो । वेवसाइट निर्माण समिति संयोजकमा रामजी खत्री रहेका थिए । त्यस्तै जनसम्पर्क समितिले आफ्नो स्मारिका समेत विमोचन गरेको थियो । जनसम्पर्क नामक स्मारिकालाई अजिज अलीले सम्पादन गरेका हुन भने कुमार कार्कीले स्मारिकाको बारेमा समिक्षा गरेका थिए ।

पृथ्वीनारायण शाहलाई अपमान गर्दैमा क्रान्तिकारी भईदैनः भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले महाधिवेशनलाई सम्बोधन गर्दै भने ‘कतारमा सबै समुदायसँग मिलेर जनसम्पर्क समितिले कतारमा काम गर्ने छ ।’ उनले थपे ‘कतारमा नेपाली कामदारहरुले पाउनुपर्ने न्यूनतम सेवा सुबिधाका लागी पहल गर्ने छ । यहाँ तत्काल देखिएका समस्याहरुलाई हामीले नेपालमा पुगेर समाधानको बाटो खोज्ने छौ ।’

प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरी कांग्रेस नेता भण्डारीले भने-‘हाँसीमजाकबाट जनता थाकिसकेका छन । नेपाली राजनितीमा असल चरित्रको ह्रास भएको छ ।’ उनले अगाडि थपे ‘नेपालमा हिजोको सद्भाव आज कता गयो ? त्यसको समिक्षा गर्न जरुरी छ की छैन ? आज हामी कुन बाटोमा छौ ?

जनतालाई उत्तेजनामा धकेलेर देश बन्दैन । यो सबै जनताले बुझ्न जरुरी छ ।’ कार्यक्रममा शहिदहरुलाई सम्झदै पृथ्वीनारायण शाहलाई अपमान गर्दा हामी क्रान्तिकारी नभईने बताए । नेपालका लागी विभिन्न कालखण्डमा योगदान गर्ने व्यक्तीत्वहरुलाई सम्मान गर्दै उनीहरुको योगदानको कदर गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालको एक बटमले सारा विहार अध्यारो पार्न सक्छौः शर्मा

नेपाली जनसम्पर्क समिती कतारको चौथो महाधिवेशनलाई सम्बोधन गर्न कतार आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले कतारमा रहेका कांग्रेस कार्यक्रतालाई प्रशिक्षण दिएका थिए । उदघाटन सत्र भन्दा पहिले नै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै शर्माले खाडीमा काम गर्ने नेपालीले रगतको आशु बगाएर नेपालको विकासमा लागेको बताए । उनले भने ‘खाडीमा काम गर्ने नेपालीहरुले देशको विकासमा ठुलो योगदान पुर्याएका छन । उनीहरु नेपालका लागी अन्नदाता, भाग्यविधाता भएकाले नेपाली कांग्रेस उनीहरुलाई सदैव सम्मान गर्नेछ ।’

कार्यक्रममा बोल्दै उनले भने ‘यदी हामीले जलविद्युतमा लगानी गर्न सक्यौ भने फेरि अर्को मोदी आएर नेपालमा नाकाबन्दी गर्छु भन्दा हाम्रो एक बटनले तिम्रो सारा विहार अध्यारो बनाउन सक्छु भन्न सकिने छ ।’ नेपालको राजनिती घटनाक्रमलाई सहजशैलीबाट प्रस्तुत गरेका शर्माले देशको विकास गर्ने हो भने सबै नेपाली जनता एक ठाउँमा उभिन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment