Comments Add Comment

दाजु अपहरणमुक्त भएपछि भाइ विमल केडियाले भने- प्रहरीको प्रशंसा गर्ने शब्द मसँग छैन

१७ जेठ, काठमाडौं । सुरेश केडिया अपहरणमुक्त भएपछि उनका भाइ बिमल केडियाको खुसीको सीमा छैन । तर, यो खुसीसँगै उनी अहिले अर्को चिन्तामा छन् । उनी चिन्तामा परेको कुरा हो १० करोड फिरौतिको समाचार ।

Bimal-Kediyaसांसदसमेत रहेका बिमल केडियाले अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै आफूले एक पैसा पनि फिरौति नबुझाएको तर १० करोड फिरौति बुझाएको भनेर समाचार आएको गुनासो गरे ।

नेपाल र भारतका केहि सञ्चारमाध्यमहरुमा सुरेश केडियालाई छुटाउन १० करोड रुपैयाँ फिरौति बुझाएको समाचार आएका छन् ।

‘हामीले कसैलाई पैसा बुझाएका छैनौं सबै कपोकल्पीत समाचारहरु आइरहेका छन्,’ केडिया भन्छन्, ‘नेपाल प्रहरी र भारतीय प्रहरीले जुन काम गरेका छन् त्यसको प्रशंसा गर्ने शब्द मसँग छैन । यस्तो अवस्थामा भ्रम फैलाउने काम भारतीय मिडियाले गरेका छन् ।’

नेपाल र भारतीय प्रहरीको सहकार्यले आफूले दाजुलाई सकुशल पाएको भन्दै उनले खुसी व्यक्त गरे । ‘हामीलाई त दाजु गुमाउनु पर्छ कि भन्ने चिन्ता थियो तर दुई देशको प्रहरीबीचको सहकार्यले आज हामीले दाजु पाएका छौं । यस्तो अवस्थामा म एक सांसद र परिवारको नाताले उनीहरुको प्रशंसा गर्छु,’ केडियाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment