Comments Add Comment

बाग्मतीमा भेटिएको शवको सनाखत भएन

१२ असार, काठमाडौं । शनिबार ललितपुरको कुपण्डोलस्थित बाग्मती नदी किनारमा भेटिएको शवको पहिचान हुन सकेको छैन ।

Death-bodyशनिबार बिहान बाग्मती सफाइ अभियानका क्रममा भेटिएको शव कसको भन्ने पत्ता लाग्न नसकेको ललितपुर प्रहरीले जनाएको छ । ललितपुर परिसरका एसएसपी पिताम्बर अधिकारीका अनुसार ललितपुर प्रहरीमा हराएको भनेर परेका उजुरीमा पनि मृतकको हुलिया मिलेको छैन ।

उनले भने, ‘हामी कहाँ आफन्त हरायो भनेर उजुरी गर्नेहरुलाई पनि बोलाएर सोध्यौं तर मृतकको पहिचान हुन सकेन । हेर्दा हत्या गरेर फोलेको जस्तो देखिन्छ पोष्टमार्टम रिपोर्ट पनि आउन बांकी छ । अपराध महाशाखा र हाम्रो टोलीले थप अनुसन्धान गरिरहेको छ ।’

मंगोलियन अनुहारको, सर्ट पाइन्ट र चप्पल लगाएको करिब ३०-३२ वर्ष उमेरको व्यक्तिको शव शनिबार भेटिएको थियो । यस्तो हुलिया मिल्ने कसैको आफन्त हराएको छ भने पनि सूचना दिन प्रहरीले सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment