Comments Add Comment

भैरहवामा खुल्यो ४५ करोडमा अत्याधुनिक मैदा उद्योग

Maida-udyog-Bhairahawa
१३ असार, भैरहवा । रुपन्देहीको भैरहवास्थित पडसरीमा मुलुककै ठुलो मैदा उद्योग सञ्चालनमा आएको छ । व्यवसायिक घराना एसआर ग्रुपले ४५ करोड लगानीमा मैदा उद्योग खोलेको हो ।

एसआर फुड्स प्रालिले ‘एसआर फ्रेस’ ब्रान्डमा मैदा, आटा, सुजी र चोक्करको उत्पादन सुरु गरेको गुप्रका अध्यक्ष सिताराम उप्रेतीले बताए । उनका अनुसार उत्पादन क्षमता र प्रविधिका आधारमा यो उद्योग नेपालकै ठुलो मैदा उद्योग हो ।

उद्योगको क्षमता प्रतिदिन २ सय टन (चोक्कर ५० टन र अन्य १५० टन) रहेको गु्रपका प्रबन्ध निर्देशक इन्जिनियर सुरज उप्रेतीले जानकारी गराए । उद्योगमा स्वीस बुलर प्लान्ट जडान गरिएको छ । बुलर प्लान्ट खाद्य उत्पादनका लागी विश्वकै उत्कृष्ट मानिन्छ ।

यो प्रविधी विश्वमा नेस्ले, पार्ले, बि्रटानियाजस्ता उद्योगहरुले प्रयोग गर्दै आएको बताउँदै प्रबन्ध निर्देशक उप्रेतीले भने- ‘नेपालमा बुलर प्रविधि भित्राउनेमा एसआर फुड्स पहिलो उद्योग हो ।’

उद्योग पुर्णरुपमा स्वचालित (अटोमेटिक) हुने र सञ्चालनमा विनकोर्स सफ्टवेयर जडान गरिएको छ । मैदा उद्योगमा यो सफ्टवेयरको प्रयोग पहिलो पटक नेपालमा एसआर फुडसले प्रयोग गरेको हो ।

Maida-udyog-Bhairahawa-2

यो सफ्टवेयर मार्फत उत्पादन क्षमता र गुणस्तर मापन (क्वालिटी कन्ट्रोल) गर्ने काम हुन्छ । विद्युत कटौती (लोड सेडिङ)को विकल्पका रुपमा स्वचालित जेनेरेटर जडान छ भने इलेक्टि्रकल इन्टरलक प्रविधिसमेत जोडिएको छ ।

उद्योगमा चार चरणमा गहुँको सफाई (फोर लेयर क्लिनिंग) गर्ने प्रणाली रहेकाले उपभोक्ताले गुणस्तरीय मैदा, आटा, सुजी उपभोग गर्न सक्ने कम्पनीको भनाई छ । उत्पादन चरणमा प्रयोग हुने सबै मेशिनमा स्टेनलेश स्टिल जडान भएकाले उत्पादित बस्तुहरु अझ बढी गुणस्तरीय हुने प्रबन्ध निर्देशक उप्रेतीले बताए ।

उपभोक्तालाई गुणस्तरीय खाद्य वस्तु प्रदानका लागी आफुहरु सदैव सचेत रहने एसआर गु्रपकी सदस्य शिला उप्रेतीले बताइन् । दुई बिगाहा क्षेत्रफलमा फैलिएको उद्योगमा प्रयोग हुने कच्चा पदार्थ २० प्रतिशत स्थानियस्तर र बाँकी ८० प्रतिशत भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको गुप्रले जनाएको छ ।

उद्योगका बजार प्रबन्धक सुभाष लुइटेलले उत्पादित बस्तु नेपालभर पुर्‍याइने बताए । आगामी दशैंसम्म छिमेकी मुलुक चीनमा समेत निर्यात गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment