Comments Add Comment

संविधान कार्यान्वयनमा एकतावद्ध हुन दलहरुलाई राष्ट्रपतिको आग्रह

Bidhya-Bhandari

१४ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयनका लागि एकताबद्ध हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन्  ।

मदन भण्डारी फाउण्डेशनले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनलाई दिगो बनाउनका लागि संविधानको प्रभावकारी कार्यान्वयन अनिवार्य हुने र त्यसका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले प्रधानन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाका सामु लोकतान्त्रिक शक्तिहरु एकठाउँमा नउभिएसम्म परिवर्तन र अग्रगमन संस्थागन हुन नसक्नेमा चिन्ता व्यक्त गरिन् ।

उनले जनताको जीवनमा सकारात्मक परिवर्तन हुन सकेमात्र राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेतर्फ सबै दलको ध्यान जानुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा चिकित्सक डा. भगवान कोइराला र सूचना प्रविधि विज्ञ महावीर पुनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो ।

फाउण्डेशनले मदन भण्डारीको ६५ औं जन्मजयन्तीको अवसर पारेर पुनलाई २०७१ सालका लागि तथा डा. कोइरालालाई २०७२ सालका लागि पुरस्कार प्रदान गरेको हो ।

पुरस्कारको राशी जनही १ लाख १ रुपैयाँ छ । फाउण्डेशनले यसअघि यो पुरस्कार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा हेटौंडाको शहिद स्मारक समितिलाई प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment