Comments Add Comment

बझाङमा पराकम्प रोकिएन, सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखियो

दुई दिनमा २१ पटक धक्का महसुस

Earthquake-in-Bajhang

१६ असार, बझाङ । बझाङ जिल्लाका बिभिन्न भूभाग केन्द्रबिन्दु भएर २१ वटा धक्काहरु गएका छन् । बुधबार दिउँसो २ बजेदेखि सुरु भएको भूकम्पको धक्का बिहीबार पनि जारी छ ।

पराकम्पन नरोकिएपछि स्थानीय त्रसित छन् । सम्भावित क्षतिलाई मध्यनजर राख्दै सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखिएको छ ।

बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा बझाङ सदरमुकाम चैनपुर नजिक केन्द्रविन्द्र भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो । राति अबेरसम्म १६ वटा पराकम्पन गएका थिए भने बिहीबार मध्यान्हसम्म ५ वटा पराकम्पन गएका भूकम्प मापन केन्द्र सर्खेतका प्राविधिक सहायक तिर्थ दाहालले जानकारी दिए ।

सुरक्षाकर्मी सतर्क

भूकम्पबाट मानवीय क्षति भएको छैन तर, पुराना भौतिक संरचनाहरुमा क्षति पुगेको छ । सामान्य घर र विद्यालयका भित्ताहरु चर्किएका छन् ।

प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले भूकम्पबाट क्षति नभए पनि सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको जानकारी दिए । उनले जिल्लाका दुर्गम गाउँहरुमा भौतिक संरचना एकदमै कमजोर भएकाले क्षती हुनसक्ने प्रबल सम्भावना रहेको बताए ।

नेपालमै सबैभन्दा बढी भूकम्पको जोखिम मानिने बझाङको कँडेलमा केन्द्रबिन्दु भएर गत वैशाख १८ गते समेत ४.२ रेक्टर स्केलको भुईंचालो आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment