Comments Add Comment

डा. फिक्सिटको जनचेतनfमूलक कार्यक्रम

१६ असार, काठमाडौं । पिडिलाइट इन्डस्ट्रिज लिमिटेडको उत्पादन डा. फिक्सिटले यसका प्रयोगकर्ता र इन्जिनियरहरुलाई दीर्घकालीन पूर्वाधारहरुमा वाटर प्रुफिङको महत्वबारे जनचेतना जगाउने क्रमलाई जारी राखेको छ ।

नेपाल इन्जिनियर्स एसोसिएसन र शहरी विकास तथा भवन निर्माण विभागसँग मिलेर डा. फिक्सिटले ‘मर्मत तथा पुनस्थापनामा ब्यवस्थित दृष्टिकोण’ विषयमा तालिम कार्यक्रम आयोजना गरेको छ ।

यसैगरी नेपालका विभिन्न स्थानमा नयाँ युगको वाटरप्रुफिङ र मर्मत प्रविधिबारे जानकारी गराउने उद्देश्यले डा. फिक्सिटले सिभिलतर्फका ठेकेदारहरु, विक्रेताहरु, प्रयोगकर्ता र पेन्टरहरुको नियमित भेला, विशेष तालिम कार्यक्रम संचालन गर्दै आएको छ ।

ती स्थानमा प्रयोगकर्तालाई वाटरप्रुफिङ सामग्रीको काम र विशेषताबारे प्रत्यक्ष स्थलगत प्रदर्शनीमा सहभागी गराउने काम पनि भएका छन् ।

यस्तो पहल सम्बन्धमा पिडिलाइट इन्डस्टि्रज लिमिटेडका इन्टरनेशलन बिजनेश ग्लोबल प्रमुख कार्यकारी अधिकृत प्रभाकर जैन भन्छन्, ‘भवनको असफलता दुई कारणले हुन्छ, एक भौतिक विफलता, अर्को त्यसको ब्यवहारिक कारण । त्यसैले त्यस्ता भत्किन लागेका संरचनाको तुरुन्त मर्मत सम्हार गर्नुपर्ने हुन्छ । भवन भत्कने/नभत्कने भन्ने कुरा बनाउँदा अपनाइएको इन्जिनियरिङ विधि, प्रयोग भएको प्रविधि र अझ महत्वपूर्ण कुरा बनाउँदा प्रयोग गरिएको सामग्रीमा भर पर्छ ।’

उनले संरचनाको आयु लामो होस् भन्ने निश्चित गर्न राम्रो गुणस्तरको र उच्च क्षमता भएको निर्माण सामग्री प्रयोग गर्नु आवश्यक रहेको बताए ।

पिडिलाइट इन्डस्ट्रिजका कन्स्ट्रक्सन केमिकल विभागको ग्लोबल सिइओ संजय बहादुर भन्छन्, ‘हरेक घरधनी आफ्नो घर बलियो र स्वस्थकर होओस् भन्ने चाहन्छन् । हामी हरेक घरधनीको त्यस्तो सपना सजिलै पूरा गरिदिन चाहन्छौं ।’

यसैलाई ध्यानमा राखेर टोल पि|m नम्बर १६६००१६६६९९ खुला गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment