Comments Add Comment

हेर्नुहोस् ३ भिडियो, कुरा प्रेमकै

alisha model
म्यूजिक भिडियो छायांकनमा व्यस्त रहेका ज्ञानेन्द्र शर्मा अब निर्देशक बनेका छन् । उनले गायक राजेश राइको आवाजमा समावेश ‘पछि पछि’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका छन् ।,

यो गीतमा शब्द तथा संगीत स्वयंम राजेशकै छ । भिडियोमा अलिशा राइले मोडलिङ गरेकी छिन् । अलिसालाई अस्मिक र सविनले साथ दिएका छन् । भिडियोमा देवजंग थापाको नृत्य र उज्ज्वल ढकालको सम्पादन छ ।

‘तोडियो’ एल्बमको गीतमा छायांकार मात्र बनेका ज्ञानेन्द्र ‘तोडियो २’मा भने आफै निर्देशक बनेका हुन् ।


यस्तै, पछिल्लो समय आफ्नो गायन क्षेत्रमार्फत दर्शलाई मनोरन्जन दिलाउादै आएकी पप गायीका रितु कडेंलले आफ्नो मायाालाई सागै बस्न आग्रह गरेकी छन् । उनको आवाजमा समावेश गीतको भिडियो पनि सार्वजनिक भएको छ ।

‘बतास आई उडाई लाला’ बोलको गितमा गायीका रितुले आफै अभिनय गरेकी छन् । भिडियोमा उनलाई गौरव थापाले साथ दिएका छन् । गीतमा कमल खत्रीको शब्द तथा संगीत छ । भिडियोको निर्देशन मनोज बिष्टले गरेका हुन् । निशान घिमिरेको सम्पादन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन छ ।

यसैसाता, सिमान्त सन्तोषको आवाजमा समावेश ‘जुनी जुनी’ बोलको गीतको भिडियो पनि रिलिज भएको छ । निशा क्षेत्री कटुवालको शब्द, दीपक शर्माको संगीत रहेको भिडियोमा श्रीकृष्ण लुँइटेल, सम्पदा बाँनिया, प्रमिला दाहाल र सिमान्तको मोडलिङ छ । एस ए भीजनले यो भिडियो तयार पारेका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment