Comments Add Comment

तमोरमा बनेको ताल खुलाउन अध्ययन टोली

Taplejung landslide (6)२९ असार, ताप्लेजुङ । तमोर नदी थुनिएर बनेको जोखिमपुर्ण तालको अध्ययन गर्न सरकारी इन्जिनियर समिलित प्राविधिक टोलि आज विहान घटनास्थल प्रस्थान गरेको छ ।

पहिरो गएर थुनिएर धार परिवर्तन गर्दै बगेको तमोर नदीको अध्यान गरी प्रतिबेदन बुझाउन चार दिनपछि आज मात्र तेह्र सदस्यीय प्राविधिक टोलि घटनास्थल गएको हो ।

मंगलबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जिल्ला भु-संरक्षण कार्यालय ताप्लेजुङका प्रमुख हरि बहादुर कुँवर नेतृत्वमा, नेपाल रेडक्रस सोसाईटि, ससस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सरकारी ईन्जिनियर र प्राविधिक सहितको १३ सदसिय टोलि सो स्थानमा पठाउने निर्णय गरेको थियो ।

सो टोलिले नदि थुनीएर बनेको तालको अबस्था अध्यायन गरी समितिलाई प्रतिवेदन बुझाउने र सोहि प्रतिबेदनका आधारमा थुनिएर बनेको ताल खुलाउन गरीने प्रयासका विषयमा भन्न सकिने ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले बताए ।

ताप्लेजुङको सावादिन गाविसमा गत शनिवार राति झरेको पहिरोले थुनेर बनेको तालको अबस्था चार दिन वितिसक्दा समेत उस्तै रहेको छ । नदीले फुरुम्बु तर्फको भाग कटान गरी बगरीरहेको भए पनि बनेको तालको पानी घटेको छैन । नदि पुर्ण रुपले नखुलेकाले नदि किनारका तल्लो क्षेत्रका स्थानीय त्रसित रहेका छन् ।

थुनिएको भाग भन्दा माथिल्लो क्षेत्रबाट बाढी आएर नदि एक्कासि खुले तल्लो क्षेत्रमा रहेका हान्ऽुङ र दोभान बजार सहित थुम्बाबेसीको बस्तिलाई असर पार्ने भएकाले स्थानिय त्रसित बनेका हुन । नदि पुर्ण रुपमा नखुले सम्म जोखिम हुने भएकाले तल्लो क्षेत्रका स्थानिय नदि पुर्ण रुपमा नखुले सम्म सचेत रहन आवस्यक रहेको भु-संरक्षण कार्यालय ताप्लेजुङका प्रमुख हरि वहादुर कुँवरको भनाइ छ ।

करिब ५ सय मिटर लम्बाई, २ सय मिटर चौडाई र १५ मिटर गहिराईमा नदी थुनिएर ताल बनेको र सो स्थानमा १५ लाख क्यूविमिटर पानी जम्मा भएकाले एकै पटक फुटे त्यसको क्षति नदि आसपासका ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाको नदि आसपासका क्षेत्रमा पुग्ने कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment