News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एसबीआई बैंकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
- लाभांशमा ३.४० प्रतिशत बोनस सेयर र करसहित ४.८५ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ ।
- यो लाभांश आगामी साधारणसभा र राष्ट्र बैंकको स्वीकृतिपछि प्रदान गरिनेछ ।
- हालसम्म १२ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन्, र ४ बैंकको बुक क्लोज हुन बाँकी छ ।
२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
जसमा बोनस सेयर ३.४० प्रतिशत तथा नगद लाभांश करसहित ४.८५ प्रतिशत रहेको छ । यो लाभांश आगामी साधारणसभा र राष्ट्र बैंकबाट स्वीकृत भएपछि प्रदान गरिने बैंकले जनाएको छ ।
योसहित हालसम्म १२ वाणिज्य बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् । यीमध्ये ४ बैंकको मात्रै बुक क्लोज हुन बाँकी छ, अर्थात् अब सेयर खरिद गर्दा यी ४ बैंक नेपाल एसबीआई, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड तथा एनएमबी बैंकको लाभांश लिन तथा साधारणसभामा सहभागिता पाइनेछ।
प्रतिक्रिया 4