Comments Add Comment

डाटसन गाडीको शो–रुम चितवनमा, ग्राहक लक्षित मनसुन एक्सचेञ्ज मेला

Datsun-Chitwan
४ साउन, चितवन । चितवनमा डाटसन गाडीको शो–रुम खुलेको छ । अटो क्षेत्रमा विगत ५ बर्षदेखि सक्रिय रहँदै आएको सेढाई होल्डिङ ग्रुपअन्तर्गतको एसएच मोटर्सले शो–रुम खोलेको हो ।

शो–रुम भरतपुर एयरपोर्ट अगाडी रहेको छ । शो–रुममा डाटसन गो, गो प्लस गाडी बिक्रीमा राखिएको छ ।

सोही अवसरमा दुई दिने डाडसन मनसुन एक्सेञ्ज मेला समेत आयोजना गरिएको छ । चितवनका ग्राहकहरुको चाहाना र मागलाई ध्यानमा राखेर डाटसन मनसुन एक्सेञ्ज मेला आयोजना गरेको एसएच मोटर्सका निर्देश सेढाईंले बताए । जुनसुकै मोडलका कारहरुको उचित मुल्यमा एकसेञ्ज गरेर नयाँ गाडी ग्राहकले लैजान सक्ने उनको भनाई छ ।

नयाँ कार किन्ने ग्राहकहरुको सुविधाका लागि अन द स्पट फाइनान्स, अन द स्पट म्यालुएसन र आर्कषक उपहारको समेत व्यवस्था गरेको एसएच मोटर्सका म्यानेजर उपेन्द्र भुषाले बताए । मेलाको पहिलो दिन ३० जनाले टेष्ट ड्राइभ र २ जनाले कार बुक गरेका छन् ।

१२ सय सिसी क्षमताका डाटसन कारमा ननएसी, एसीजडित र सेमी अप्सनमा उपलब्ध छन् । प्रतिलिटर पेट्रोलमा झण्डै २० किलोमिटर माइलेज दिने यसको विशेषता हो । डाटसन गो ५ वटा कलरमा उपलब्ध छ ।

सानो ठाउँमा घुम्न सक्ने, ग्राउण्ड क्लियरेन्स १७० एमएम भएकाले कच्ची बाटोमा समेत सजिलै कुदाउन सकिन्छ । फराकिलो डिक्की, आरामदायी सिट तथा सुपथ मूल्य यसका विशेषता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment