Comments Add Comment

नयाँ एल्बम लिएर आउँदै आस्था

aastha

काठमाडौं । गायिका आस्था राउतको गीत सुनेर मनोरञ्जन लिने दर्शकका लागि खुसीको खबर छ । आस्था नयाँ गीत रिलिज गर्न तयारीमा छिन् । ‘अस्ति गुरु पूणिर्मको दिनदेखि गीत रेकडिङ सुरु भयो’ अनलाइन खबरसँग कुरा गर्दै आस्थाले भनिन् ।

‘आधार’ नाम राखेर पहिलो एल्बम निकालेकी आस्थाले दोस्रो एल्बमको नाम ‘आधार-२’ राखेको जानकारी दिइन् । ‘आधार भाग २’ मा नयाँ शैलिको गीत समावेश गरेको उनको भनाइ छ ।

‘अहिलेका दर्शक कस्तो गीत चाहनुहुन्छ त्यही शैलिका गीत गाउने प्रयाश गरेकी छु’ आस्थाले भनिन् ।

उनका संगीत सुरु र सुरेश अधिकारीको संगीत रहने यस एल्बममा महाराज थापाको संगीत संयोजन रहेको छ । उनको पहिलो एल्बमको लगभग सबै गीत चर्चामा थिए ।

चलचित्र पाश्र्व गायनमा समेत सक्रिय आस्था चुजी छिन् । शब्द र संगीत सुनेर मात्रै गाउने गरेकी आस्था जस्तो पायो त्यस्तै गीतमा स्वर नदिने धारणा राख्छिन् ।

पछिल्लो समय स्टेज कार्यक्रममा ब्यस्त आस्थाले स्वदेशी एवं विदेशी स्टेजका दर्शकलाइ राम्रै प्रभाव पारेकी छिन् । नयाँ गीतको दुईटा भिडियो बनाउने योजनामा रहेकी आस्था आफैं मोडलिङ गर्ने योजनामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment