+
+

सिनर्जी पावरले साउन १६ देखि स्थानीयलाई ७ लाख कित्ता सेयर निष्काशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ११ गते १०:३१

IPO११ साउन, काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ७ करोड रुपैयाँ बराबरका साधारण सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले आगामी साउन १६ गतेदेखि निष्काशन गर्ने जनाएको छ । छिटोमा साउन ३० र ढिलोमा भदौ १९ गते निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले दोलखाका आयोजना प्रभावित क्षेत्रका गौरीशंकर, खारे, लामाबगर, बारांग, बुलुंग गाविसका स्थानीयलाई उक्त सेयर दिन लागेको हो ।

इच्छुकले कम्तीमा ५० कित्ता देखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिनसक्ने सेयर निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

कम्पनीको अधिकृत पुँजी ७० करोड र चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ । आइपीओ जारी गरेपश्चात् चुक्ता पुँजी ४९ करोड रुपैयाँ पुग्नेछ । कम्पनीलाई इक्रा नेपालले ४ ग्रेड दिएको छ । कम्पनीले दोलखाको सिपि्रङ खोलामा १० मेगावाट विद्युत् उत्पादन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?