+
+

नेपाल र भारतबीचको क्रिकेट हेर्न जनकपुरका विद्यालयमा २ बजेपछि छुट्टी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते ८:१०

१८ भदौं, जनकपुरधाम । आज श्रीलंकामा हुने एसिया कप-२०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयहरुमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार साँझ एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ ।

उपमहानगरको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना जारी गर्दै दिउँसो २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयसँग आग्रह गरेकी हुन् ।

‘जनकपुरधाम उप-महानगरका अन्तर्गत राम–जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल र एसिया कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ’ उनले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि भदौ १३ गते नेपाल र पाकिस्तानबीच भएको खेल हेर्न पनि जनकपुरधाम उपमहानगरले अकास्मिक सूचना जारी गर्दै विद्यालयहरुमा बिदा दिएको थियो ।

आज नेपाल र भारतबीचको एसिया कप समूह ए को अन्तिम खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको क्यान्डीमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?