+

यी लक्षण, जसले क्षयरोगको संकेत गर्छन्

२०८० भदौ  १७ गते १५:४९ २०८० भदौ १७ गते १५:४९
यी लक्षण, जसले क्षयरोगको संकेत गर्छन्

टिबी एवं क्षयरोगले शरीरको कुनैपनि भागलाई असर गर्नसक्छ । तर, धेरैजसो फोक्सो, घाँटी, हड्डी, पेट, मस्तिष्कमा यसको असर रहन्छ । क्षयरोगबाट सबैभन्दा बढी फोक्सो प्रभावित हुन्छ । ७० देखी  ८० प्रतिशतलाई फोक्सोको क्षयरोग देखापर्छ । क्षयरोग एक सङ्क्रमित व्यक्तिबाट अर्कोमा सर्छ ।

के कारणले हुन्छ

यो माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको कारणले हुन्छ । यो ब्याक्टेरियाले प्रायः फोक्सोलाई निशाना बनाउँछ, तर यसले फोक्सोका साथै शरीरका अन्य भागहरूलाई पनि क्षति पु¥याउँछ ।

यो हावाबाट सर्ने रोग हो । क्षयरोग लागेको व्यक्तिले हाच्छ्युँ गर्दा वा खोक्दा माइक्रोब्याक्टेरिया हावाको माध्यमबाट अन्य व्यक्तिमा सर्छ । यदि कसैको प्रतिरक्षा प्रणाली कमजोर छ भने ऊ सजिलै क्षयरोगको सिकार हुन सक्छ ।

कसरी थाहा हुन्छ ?

क्षयरोगको सामान्य लक्षणहरूमा २ हप्ता भन्दा बढी ज्वरो आउने हुन्छ, जुन सामान्यतया साँझपख सुरु हुन्छ । खान मन नलाग्ने, तौल घट्ने, कमजोर महसुस हुने र राति पसिना आउने यसका सामान्य लक्षण हुन् ।

-फोक्सोको क्षयरोगले लामो समयसम्म खोकी लाग्ने, खकारमा रगतको छिटा देखा पर्ने, सास फेर्न गाह्रो हुने र फोक्सोमा दुखाइ हुन सक्छ ।

-घाँटीको क्षयरोग हो भने घाँटीको ग्रन्थिहरू बढ्दै जाने सुन्निने जस्ता लक्षण देखिन्छन् ।

-हाड जोर्नीको क्षयरोगले सामान्यतया मेरुदण्डलाई असर गर्छ, जसले मेरुदण्ड दुख्ने,  हड्डी कमजोर हुने हुन्छ ।

-पेटको क्षयरोग भएमा पेट दुख्ने, फुल्ने, पेटमा पानी जम्ने, पेट भारी हुने र पखाला लाग्ने हुन्छ ।

-मस्तिष्क क्षयरोग भएमा टाउको दुख्ने, चक्कर लाग्ने, बेहोस हुने, बान्ता हुने, पक्षाघात हुने, शारीरिक सन्तुलन गुमाउने जस्ता लक्षण देखिन्छन् । यसको लक्षण छारे रोगसँग पनि मिल्दोजुल्दो हुन्छ ।

-छालाको क्षयरोग हो भने छालामा दागहरू देखा पर्ने र त्यो दागहरू उपचार गर्दा पनि निको भएन भने क्षयरोगको लक्षण हुन सक्छ ।

-आँखा रातो हुँदै जाने  समस्या छ भने आँखाको क्षयरोग हुन सक्छ । जुन अंगमा समस्या छ त्यही अंगमा विभिन्न लक्षणहरू देखा पर्छन् । साथै यसको लक्षण अरु रोगसँग पनि मिल्दोजुल्दो हुन्छ ।

के छ त उपचार ?

क्षयरोग विभिन्न प्रकारको हुने भए पनि उपचार भने एउटै प्रकारको औषधिले गरिन्छ । तर, रोग कति जटिल छ त्यो अनुसार औषधि सेवन गर्नुपर्ने समय फरक पर्छ ।

सामान्य खालको क्षयरोगमा ६ महिनासम्म नियमित औषधि खाए निको हुन्छ । मस्तिष्क, हाडजोर्नी र शरीरमा फैलिएको क्षयरोगमा ९ देखी ११ महिना औषधि खानुपर्छ  ।

जटिल खालको क्षयरोगमा ९ महिना देखी १८ महिनासम्म पनि औषधि खानुपर्ने हुन सक्छ । नियमित औषधि आए क्षयरोग पूर्ण रूपमा निको हुन्छ ।

औषधि निःशुल्क पाइने भएकाले यसका लागि खर्च लाग्दैन । क्षयरोगको लक्षण देखिए जाँच गराएर औषधि खाएर यसलाई निको पार्न सकिन्छ ।

के कुरामा ध्यान दिने ?

क्षयरोगको जोखिम सबै उमेर समूहलाई हुन्छ । यद्यपि, बालबच्चा, बुढापाका र दीर्घरोगी क्षयरोगको बढी जोखिममा हुन्छन् ।

पोषणयुक्त सन्तुलित खाना खाने, मद्यपान र धूम्रपान नगर्ने, नियमित व्यायाम गर्ने गरियो रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ र क्षयरोगको जोखिमबाट बच्न सकिन्छ ।

खोक्दा वा हाँच्छ्युँ गर्दा रुमालले मुख, नाक छोप्ने । बालबालिकामा निश्चित समयमा बिसीजी खोप लगाउने । क्षयरोग लागेका व्यक्तिभन्दा टाढै बस्ने । रोगीको जुठो नखाने । यसरी सतर्कता अपनाए क्षयरोगको जोखिमबाट बच्न सकिन्छ ।

(डा. पंगेनी ह्याम्स अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ हुन् )

डा. राजु पंगेनी
लेखक
डा. राजु पंगेनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पत्रपत्रिकामा राखिएको समोसा वा पकौडा खाँदा हुन सक्छ यस्तो जोखिम

पत्रपत्रिकामा राखिएको समोसा वा पकौडा खाँदा हुन सक्छ यस्तो जोखिम

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती