+
+

भारतले धाैलीगंगाकाे बाँध खाेल्याे, महाकाली नदी किनारमा सतर्कता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते ८:१५
धाैलीगंगा बाँध । फाइल फोटो

१८ भदौ, धनगढी । भारतले धाैलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खाेलेकाे छ ।

उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धाैलीगंगा बाँधका ढाेका साेमबार बिहान ५ बजे खाेलेकाे जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बिहान ५ बजे बाँधका ढाेका महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह गरेकाे छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले सूचना जारी गर्दै सतर्कता अपनाउन यसअघि नै आग्रह गरेका थिए ।

भारतीय प्रशासनले बाँधकाे सिल्ट सफा गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको थियाे ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतले मंगलबार बिहान पनि बाँधका ढाेका खाेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?