Comments Add Comment

बाढीको विपत्तीः कर्मचारीलाई विदा नबस्न सरकारको निर्देशन

Pm-office

११ साउन, काठमाडौं । सरकारले बाढी, पहिरो, डुबान र नदीको कटानबाट प्रभावितहरुको खोज, उद्धार तथा राहत वितरणलाई थप तिव्र पार्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार विज्ञप्ती निकालेर जिल्ला दैवी प्रकोप उद्धार समितिले उद्धार जारी राखेकाले थप सहयोगका लागि तयारी अवस्थामा रहन सम्वन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएको हो ।

यस्तै जिल्लामा रहेका अन्य कार्यालयका कर्मचारीलाई समेत पिडितको खोजी, उद्धार र राहत कार्यमा सघाउन आग्रह गरेको छ ।

विज्ञप्तीमा उद्धार र राहत वितरणका लागि थप जनशक्ति आवश्यक पर्न सक्ने तर्फ तयारी भएर बस्न पनि मन्त्रालय र क्षेत्रीय कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएको छ ।

यस्तै मन्त्रालय र सचिवको पूर्व स्वीकृती विपरित जिल्ला तथा क्षेत्रस्तरमा कार्यरत कर्मचारी काजमा वा विदामा नबस्न र कार्यालयमा अनिवार्य उपस्थित हुनसमेत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment