+
+

बालुवाटारमा प्रधानमन्त्रीको भान्साबाटै भाँडाकुँडा गायव

प्रधानमन्त्रीले भने- नयाँ सामान नकिन्नू, पुरानैले काम चलाउनू

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २१ गते १८:१२

PM-Quarter-Baluwatar२१ साउन, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोट सरेपछि खाली भएको प्रधानमन्त्री निवास बालुवाटारमा किचेनका सामानहरु एकाएक हराएका छन् ।

प्रधानमन्त्री ओलीको बहिर्गमनलगत्तै प्रधानमन्त्रीको भान्साका सामानहरु कर्मचारीहरुले घर-घरमा लगेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरुले निवास छाड्दा यसरी सामानहरु चोरी हुने र हराउने गरेको यो पहिलो घटना होइन । विगतमा पनि यसैगरी सामानहरु हराउने गरेका थिए ।

[sam_list] नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा सर्न लागेको थाहा पाएपछि कर्मचारीहरुले भान्सामा प्रयोग हुने भाँडाकुँडा र तन्नाहरु नयाँ किन्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा केही पनि नयाँ सामानहरु नकिन्न र पुरानै सामानहरुबाट काम चलाउन कर्मचारीलाई निर्देशन दिएको स्रोतले बतायो ।

पहिलोपटक प्रधानमन्त्री बनेका बेला प्रचण्डले एक लाखको पलङ खरिद गरेको चर्चा चलेको थियो । कर्मचारीले आफैं सामानहरु यो-यो चाहिन्छ भन्दै किन्ने गरेको बुझेपछि प्रचण्डले यसपटक पुरानै सामानबाट काम चलाउनु नयाँ नकिन्नु भन्ने निर्देशन दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

तर, भान्साका थाल बटुका र भाँडाकुँडाका साथै खाटमा ओछयाइने तन्नासमेत रातारात गायव पारिएकाले नयाँ किन्नैपर्ने भएको स्रोतले बतायो ।

बालुवाटार स्रोतका अनुसार प्रचण्ड शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?