+

कुवेत र साउदी अरेबिया बने टी-२० विश्वकप एसिया सब–रिजनल छनोटका च्याम्पियन

२०८३ असोज  २९ गते १०:०१ २०८३ असोज २९ गते १०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुवेत र साउदी अरेबिया मलेसियामा सम्पन्न आईसीसी पुरुष टी–२० विश्वकप एसिया सब–रिजनल छनोटका च्याम्पियन बनेका छन्।
  • सब–रिजनल छनोट ‘ए’ बाट कुवेत, बहराइन र कतार तथा ‘बी’ बाट साउदी अरेबिया, हङकङ र मलेसिया सन् २०२७ को एसिया क्षेत्रीय फाइनलमा पुगेका छन्।
  • क्षेत्रीय फाइनलबाट सन् २०२८ को आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटमा पुग्ने टोलीको टुंगो लाग्नेछ, र नेपालले सिधै ग्लोबल छनोट खेल्नेछ।

२९ असोज, काठमाडौं । कुवेत र साउदी अरेबिया आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत एसिया सब–रिजनल छनोटका च्याम्पियन बनेका छन्। दुवै टोलीले मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा उपाधि जित्दै सन् २०२७ मा हुने एसिया क्षेत्रीय फाइनलमा स्थान बनाएका छन्।

सब–रिजनल छनोट ‘ए’ मा कुवेत पहिलो, बहराइन दोस्रो र कतार तेस्रो भए। यी तीनै टोलीले क्षेत्रीय फाइनलमा स्थान सुरक्षित गरेका छन्। त्यस्तै, सब–रिजनल छनोट ‘बी’ मा साउदी अरेबिया पहिलो, हङकङ दोस्रो र आयोजक मलेसिया तेस्रो भए।

दुवै छनोट प्रतियोगिताबाट कुवेत, बहराइन, कतार, साउदी अरेबिया, हङकङ र मलेसियाले सन् २०२७ को एसिया क्षेत्रीय फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

छनोट ‘ए’ मा कुवेतका अदनान इद्रिस प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। छनोट ‘बी’ मा मलेसियाका विरानदीप सिंहले उक्त अवार्ड पाए।

कुवेतका कप्तान मोहम्मद अस्लमले उपाधि जित्नु टोलीका लागि गर्वको क्षण भएको बताए। उनले स्पष्ट योजना, अनुशासित तयारी, खेलाडीमाथिको विश्वास र बलियो टोली संस्कृतिका कारण सफलता प्राप्त भएको बताए।

साउदी अरेबियाका कप्तान वाजी उल हसनले भने आफ्नो देशको क्रिकेटका लागि यो ऐतिहासिक उपलब्धि भएको बताए। उनले पहिलो आईसीसी प्रतियोगिताको उपाधि जित्नु टोलीको मेहनत र समर्पणको प्रतिफल भएको उल्लेख गरे।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल, यूकेएम ओभल र एसटीसी ओभलमा दुई प्रतियोगिताअन्तर्गत १३ टोलीले ३६ खेल खेलेका थिए।

अब क्षेत्रीय फाइनलबाट सन् २०२८ को आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने टोलीको टुंगो लाग्नेछ।

नेपालले भने सिधै ग्लोबल छनोट खेल्नेछ ।

एसिया सब रिजनल छनोट टी-२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय