+

सिटी घरेलु मैदानमै पीएसजीसँग पराजित, रियल मड्रिडको पुनरागमन जित

२०८३ असोज  २९ गते ९:३० २०८३ असोज २९ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपियन च्याम्पियन्स लिगमा साविक विजेता पीएसजीले म्यानचेस्टर सिटीलाई उसकै मैदानमा ४-२ ले हराएको छ।
  • रियल मड्रिडले ८१ मिनेटसम्म ३-१ ले पछाडि रहेर पनि रोमालाई ४-३ ले पराजित गरेको छ।
  • लिभरपुलले एलएएसकेलाई ६-३ र एस्टन भिल्लाले फेनरबाचेलाई ६-० ले हराएका छन्।

२९ असोज, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार राती भएको खेलमा म्यानचेस्टर सिटीलाई उसकै मैदानमा ४-२ ले पराजित गरेको छ ।

अर्को खेलमा रियल मड्रिडले सानदार पुनरागमन गर्दै रोमालाई ४-३ ले पराजित गरेको छ ।

एर्लिङ हालान्डले दुई गोल गरेपछि सिटीलाई घरेलु मैदानमा हार टार्न पर्याप्त भएन ।

पीएसजीका लागि डिवायर डुए, उसमान डेम्बेले र भिटिन्हाले सुरुवाती ३२ मिनेटमै ३-० को अग्रता दिलाएका थिए । माग्नेस अक्लिउचेले दोस्रो हाफमा एक गोल गरे । हालान्डले सिटीका लागि दोस्रो हाफमा दुई गोल फर्काएपनि हार टार्न सकेनन् ।

यस्तै अर्दा गुलेरले ९०औं मिनेटमा निर्णायक गोल गरेपछि रियलले रोमामाथि रोमाञ्चक जित हात पारेको हो ।

८१ मिनेटसम्म रियल ३-१ ले पछि थियो । तर कार्लोस एस्पीले ८२औं र एन्ड्रिकले ८५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । गुलेरले अन्तिम समयमा विजयी गोल गरे ।

त्यसअघि रोमाका लागि मार्टेन डे रुनले सुरुवाती गोल गरेका थिए भने डेभयान मालेनेल दुई गोल गरेका थिए । केलिएन एमबाप्पेले रियलका लागि पहिलो गोल गरेका थिए ।

अन्य खेलमा ब्राडली बारकोलाको ह्याट्रिकमा इंग्लिस क्लब लिभरपुलले अस्ट्रियाको एलएएसकेलाई ६–३ ले पराजित गरेको छ । यस्तै अर्को इंग्लिस क्लब एस्टन भिल्लाले फेनरबाचेलाई ६–० को  फराकिलो अन्तरले हरायो ।

पीएसजी म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिग रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय