+
+
Shares

माओवादीले चार राज्यमन्त्री पनि छान्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३० गते १३:१८

३० साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पाँच मन्त्रीसँग चार राज्यमन्त्री पनि टुंगो लगाएको छ ।

श्रीप्रसाद जेवेगु
श्रीप्रसाद जवेगु

माओवादी उच्च स्रोतका अनुसार श्रीप्रसाद जबेगु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विक राज्यमन्त्री हुने भएका छन् ।

जबेगुलाई स्थानीय विकास, सत्यनारायण भगतलाई उर्जा, राधिका तामाङलाई कृषि र धनमाया विकलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइनेछ । यद्यपि शिक्षा कांग्रेसले लिए धनमाया स्वास्थ्य राज्यमन्त्री बन्नेछिन् ।

यसअघि आइतबार विहानै माओवादीले सरकारमा जाने पाँच नेताको नाम टुंगो लगाएको थियो ।

माओवादीबाट जनार्दन शर्मा प्रभाकर उर्जा, राम कार्की सञ्चार, हितराज पाण्डे स्थानीय विका, डिआर पौडेल शिक्षा र अजय शंकर नायक कानुन मन्त्री बन्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?