Comments Add Comment

प्युठानका पहिरो पिडितलाई जिग्री पाडेँको सहयोग

jigri and padeकाठमाडौं । प्युठानमा बाढी पहिरोवाट पिडित भएकाहरुलाई जिग्री पाडेँ प्रतिष्ठान नेपालले खाद्यान्ह र औषधी सहयोग गरेको छ । बाढी पहिरो पीडित एक सय परिवारलाई चामल, औषधी र म्याट बितरण गरिएको (जिग्री बोरो) कुमार कट्टेलले अनलाइनखबरलाई बताए ।

एउटा म्युजिक भिडियोमा अभिनय गरेवापत पाएको एक लाख रुपैयाँमा केहि सहयोगीहातहरुको सहयोग थपेर पहिरो पिडितलाई सहयोग गरेको उनको भनाई थियो । ‘एक लाख म आफैंले हालो अरु सहयोगी हातवाट उठेको डेढलाख थपेर साढे दुइलाखको सहयोग गर्‍यौं’ कुमारले भने ।

उनिहरुले एकसय परिवारलाई दामासाहीले एकसय बोरा चामल, तीनसय मिटर म्याट र औषधीहरु वितरण गरेका थिए । स्थानिय राजनितीक दल र अन्य सरकारी कर्मचारीको सहयोग राहत वितरण गरेको जानकारी दिादै कुमारले भने ‘हामीले केहि औषधी पनि लिएर गएका थियौं, स्थानिय स्वास्थ्यकर्मीको सल्लाहमा औषधी वितरण गर्‍यौ’ ।

धुर्मुस सुन्तली फाउन्डेसमा आबद्ध भएर सामाजिक काम गर्दै आएका कुमारले जिग्री पाँडेँ फाउन्डेशनलाइ निरन्तरता दिने योजना बनाएका छन् । ‘हामी यो सहयोगी अभियानलाई निरन्तरता दिन्छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment