Comments Add Comment

३३ जना मोडलका साथमा ‘नेपाल फेसन एरा’ हुने

fashion show
नेपाल फेसन हाउस र सगरमाथा फाउण्डेशनको संयुक्त आयोजनामा ‘नेपाल फेसन एरा २०१६’को आयोजना हुने भएको छ । भदौ ३१ गते काठमाण्डौको अन्नपूर्ण होटलमा ३३ जना मोडलले र्‍याम्प नाप्नेछन् ।

दोलखा जिल्लाको लोपन्मुख थामी जातीको संग्राहलय निर्माण गर्ने मुख्य उद्देश्यका साथ फेसन शो आयोजना गर्न लागिएको हो । निजी संस्थाले पनि सामाजिक उतरदायित्व बहन गर्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजक सगरमाथा फाउण्डेशनका निर्देशक अर्जुन भट्टले जानकारी दिए ।

यो कार्यक्रमलाई निरन्तरता दिने आयोजकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment