Comments Add Comment

डिल्लीबजारको एक लिफ्टमा भेटियो बेवारिसे शव

११ भदौ, काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सनराइज बिज टावरको लिफ्टमा एउटा बेवारिसे शव भेटिएको छ । लिफ्टमा साँझ एक पुरुष व्यक्तिको शव फेला परेको महानगरीय अनुसन्धान महाशाखाले जनाएको छ ।

man-found-dead-at-late-congress-ministerअनुसन्धानका लागि महाशाखाको टोली घटनास्थलमा पुगेको छ ।

मृतकको परिचय नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए ।

ति व्यक्तिको लिफ्टमै कुनै कारण निधन भएको हो वा हत्या भएको भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।

प्रहरीले शवबारे अनुसन्धान सुरु भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment