Comments Add Comment

हुलाकका कर्मचारीबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

१ करोड १६ लाख बढी बिगो दावी

 

 

AKHTIYAR,-CIAA१३ भदौ, काठमाडौं । हुलाक टिकट बिक्रीमा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाक सेवा बिभागको नेपाल फिलाटेलिक ब्यूरोमा कार्यरत मणिकुमार श्रेष्ठबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले दायर गरेको मुद्दामा आरोपित नायव सुब्बा श्रेष्ठले २०६५ सालदेखि हुलाक कार्यालयमा कार्यरत रहँदा दैनिक टिकट बिक्रीबापतको रकम राजश्वमा दाखिला नगरी मौज्जाद देखाएर रकम हिनामिना गरेको उल्लेख गरिएको छ ।

उनीसँग १ करोड १६ लाख ६९ हजार २८८ रुपैयाँ बिगो दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment