Comments Add Comment

भारतसामू कुनै मागपत्र पेश गर्दैनौंः परराष्ट्रमन्त्री महत

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा भारतसामू कुनै मागपत्र पेश नगरिने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

Prakash-Sharan-Mahatप्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल गरिने एजेण्डाका बारेमा गृहकार्य भइरहेको तर, एजेण्डामा कुनै मागपत्र भने समावेश नगर्ने उनले बताए ।

यसअघि सम्झौता भएर कार्यान्वयन हुन नसकेका तथा काममा ढिलाइ भइरहेका आयोजनालाई अगाडि बढाउने विषय एजेण्डामा राख्ने उनले बताए ।

अघिल्लो सरकारका पालामा नेपाल भारत सम्बन्धमा केही चिसोपना देखिएको भन्दै मन्त्री महतले आपसी विश्वास बढाएर सम्बन्ध सुधार गर्नु नै प्रधानमन्त्रीको आसन्न भ्रमणको मुख्य प्राथमिकता भएको बताए । उनका अनुसार प्रधानमन्त्रीको भ्रमणपछि दुई देशको सम्बन्धमा नयाँ अध्याय सुरु होस् भन्ने पक्षमा सरकार छ ।

प्रधानमन्त्री दाहालले भदौको अन्तिममा भारतको भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्रकिा विशेष दूतका रुपमा भारत गएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रचण्डको भारत भ्रमण सुनिश्चित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment