Comments Add Comment

पाइलटले झुक्किएर अपहरणको संकेत दिने बटन थिचेपछि …

४ असोज, काठमाडौं । विमान चालक (पाइलट)ले झुक्किएर कुनै गलत निर्णय लिँदा के होला ? सरल जवाफ आउँछ- ठूलो जोखिम वा आतंकको स्थिति सिर्जना हुनसक्छ ।

Saudi Jet 'Under Threat'हो यस्तै भएको छ जेद्दाबाट मनिलाका लागि उडेको साउदी एयरलाइन्सको जेट विमानमा । सो विमान ‘अपहरण’मा परेको सूचना कन्ट्रोल रुममा आयो । बाेइङ ७७७ मा ३०० यात्रुहरू थिए ।

लगत्तै मनिलास्थित निनोय एकिनो अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मीहरुले प्लेनलाई सुरक्षा घेरामा राखे । मनिला प्रहरी प्रमुख पनि हतारिँदै विमानस्थल पुगे ।

त्यतिन्जेल यो खबर विश्वभर पुगिसकेको थियो । तर, त्यहाँ न त कोही अपहरणकारी थिए, न विमानमा कुनै सुरक्षा चुनौती नै ।

विमान ल्याण्ड गर्ने क्रममा पाइलटले झुक्किएर ‘अण्डर थ्रेट’ अर्थात् अपहरणको संकेत दिने बटन पो थिचेका रहेछन् । यो विमानका चालकलाई थाहा भएन । तर, टावरमा त्यो संकेतले हलचल मच्चायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment