Comments Add Comment

जापानी नागरिकलाई नेपालमा लगानी गर्न थापाको आग्रह

Kamal-Thapa-at-Japan

११ असोज, इवाते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जापानका लागानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गरेका छन् ।

नेपाल जापान कुटनीतिक सम्बन्ध ६० औं वर्ष पूरा भएको अवसरमा इवातेमा आयोजित विशेष कार्यक्रमलाई सम्वोधन गर्दै थापाले भने, ‘अहिले नेपाल सुरक्षित छ, तपाईहरु ढुक्क भएर लगानी गर्न सक्नु हुन्छ ।’

जापानको इवाते पि्रफेक्चरका गभर्नर ताकुया तासुको निमन्त्रणामा पूर्वपरराष्ट्रमन्त्री थापा गत शनिबार जापान आएका थिए ।

महाभूकम्पपछि जापानले तत्काल नेपाललाई गरेको भौतिक तथा आर्थिक सहयोगको थापाले प्रशंसा पनि गरे । नेपालको आर्थिक विकास वर्षौंदेखि जापानको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले जापानले नेपाललाई गरेकोप्रति जापान सरकार र सम्पूर्ण जापानी नागरिकहरुलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा जापानका व्यावसायी, विशिष्ट व्यक्तित्व तथा जापानी नागरिकहरुको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment