Comments Add Comment

सडकको खाल्टाखुल्टी समयमै मर्मत गरः विकास समिति

rabindra-adhikari-bikas-samiti
फाइल फोटो

९ कात्तिक, काठमाडौं । संसदको विकास समितिले देशको बढ्दो सवारी चापलाई व्यवस्थित गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न सडकका खाल्टाखुल्टी समयमै मर्मत गर्न सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको विकास समितिको बैठकले सडक सञ्जालहरुलाई समयानुकुल मर्मत सम्भार तथा स्तरोन्नति प्राथमिकताका साथ गर्न र सडक सुरक्षामा अभिवृद्धि गर्न समितिले सरोकारवला निकायलाई निर्देशन दिएको हो ।

देशलाई सामाजिक तथा आर्थिक रुपमा ठूलो योगदान दिन सक्ने गरी राजमार्गहरु निर्माण नभएको लामो समय वितिसकेको छ । नयाँ सडक बन्ने, पुराना सडकहरु विस्तार/स्तरोन्नति हुने क्रमभन्दा सवारी साधनहरु थपिने क्रम सापेक्षिक रुपमा बढी छ । सडकको दुरावस्थाकाकारण लामो दूरीको यात्रागर्नु जोखिमपूर्ण ठहर गदै समितिले समयमै मर्मत तथा स्तरोन्नती गर्न निर्देशन दिएको छ ।

उत्तर-दक्षिण करिडोर तथा पूर्व-पश्चिम राजमार्गलाई सुरक्षित र आधुनिक राजमार्गको रुपमा विकास र विस्तार गर्न, हुलाकी राजमार्ग अन्तरगतको प्रथम चरणको सडक डेडिकेटेड डवल लेनमा स्तरोन्नति गर्न तथा दोस्रो चरण अन्तरगतको सडक डेडिकेटेड डवल लेनमानिर्माण गर्ने गरी आवश्यक बजेटको सुनिश्चितता गर्नसमेत निर्देश गरेको छ ।

यसैगरी मध्यपहाडी लोकमार्गलाई तीव्रताका साथ निर्माणकार्य सम्पन्न गर्न, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, मार्तडी-कोल्टी सडक खण्ड, भरतपुर-रामपुर-मेघौली सडकखण्ड लगायतका सडकखण्डलाई समयमा नै मर्मत सम्भार गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

यस्तै काठामाडौँ उपत्यका भित्रका अधिकांश सडकहरुको अवस्था समेत सन्तोषजनक छैन । यसै आर्थिक वर्षको बजेटमा काठमाडौँ उपत्यकाभित्रका सम्पूर्ण सडकहरु पीच गरिसक्ने भनिएपनि हालसम्म सोही अनुसार काम नभएको भन्दै समितिका सभापति रविन्द्र अधिकारीले जनतालाई अनुभुति हुने गरी काम गर्न निर्देशन दिएका छन् ।

नदी किनारका करिडोरहरुलाई तीन महिनाभित्र सञ्चालन गराउन, अत्याधिक सवारी चाप हुने स्थानहरुमा आकाशे पुल निर्माणकार्य प्राथमिकताका साथ गर्न समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment