Comments Add Comment

प्रचण्ड प्रधानमन्त्री भएपछि ओली पहिलो पटक बालुवाटारमा, तीन नेताबीच के भयो छलफल ?

three-party-leader

१० कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगसँगै विकसित राजनीतिक घटनाक्रमबारे प्रमुख तीन दलका शीर्ष तीन नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्षको पहलमा बुधबार बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

आफूलाई हटाएर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि ओली बालुवाटार गरेको पहिलो पटक हो । यसअघि बालुवाटारमा बसेको प्रमुख दलहरुको बैठकमा ओली सहभागी भएका थिएनन् ।

तर, लोकमानविरुद्धको महाअभियोगलाई लिएर प्रचण्ड र ओलीबीच लगातार छलफल हुँदै आएको छ । र, बुधबार उनी बालुवाटार बैठकमा सहभागी भएका छन् ।

कांग्रेस सभापति देउवा समेत उपस्थित छलफलमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा प्रस्तुत महाअभियोग, संविधान संशोधन तथा कार्यान्वयनबारे कुराकानी भएको थियो ।

बुधबारको बैठकमा तीन दलका तीन शीर्ष नेताबीच सम्वाद जारी राख्ने समझदारी भएको छ । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले महाअभियोग, निर्वाचन, संविधान संशोधन गर्ने नगर्ने र संविधान कार्यान्वयनबारे कुराकानी भएको र थप छलफल गर्ने सहमति भएको जानकारी दिए ।

बैठककमा महाअभियोगका सम्बन्धमा पनि छलफल भएको जानकारी दिँदै सभापति शेरबहादुर देउवाले भने, महाअभियोगका सम्बन्धमा काँग्रेसले कुनै निर्णय गरिसकेको छैन । महाअभियोगको प्रस्ताव सम्बन्धीत समितिबाट प्रक्रियागत रुपमा अघि बढ्नुपर्ने हाम्रो धारणा हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment