Comments Add Comment

यी हुन् पोखराका मनमोहक दृष्य…

pokhara-sunrise-and-stupa-7

२२ कात्तिक, काठमाडौं । धेरैलाई थाहा भएकै कुरा हो, पोखरा कस्तो गन्तब्य हो भनेर । पोखराको प्रशिद्धी नेपालभित्र मात्रै होइन, विदेशमा पनि उत्तिकै चुलिएको छ । दैनिक हजारौं पर्यटकलाई स्वागत गर्ने पोखराको सुन्दरताको वर्णन शब्दमा मात्रै सम्भव छैन ।

त्यसैले नेपाल घुम्न आएका विदेशी पर्यटकमात्रै नभएर आन्तरिक पर्यटकको पहिलो रोजाइको गन्तब्य हो, माच्छापुछ्रेको आँगनमा रहेको पोखरा र यसका आसपासका क्षेत्र ।

यो शहरको प्रमुख विशेषता भनेकै अनुपम् प्राकृतिक सम्पदा र यसको सौन्दर्याता हो । त्यसैले पोखरामा एकपटक पुगेकालाई यसले बारबार लोभ्याउँछ र तानिरहन्छ । अद्वितीय शहर पोखरा आसपास ७ वटा महत्वपूर्ण प्राकृतिक तालहरु छन् ।

pokhara

यि प्राृकितक तालहरुमा पुगेर प्रकृतिको अनुपम आनन्द लिने मात्रै होइन, पोखरा वरपरको डाँडाहरुमा पुगेर पोखराको सौन्दर्यतालाई नियाल्नको पनि कुनै कमी छैन । सराङकोट, रुपाकोट, पुम्दीभुम्दी, घार्मी, काउँ लगायतका स्थानपोखराको सौन्दर्यताको रसस्वादन गर्ने प्रमुख गन्तब्य हुन् ।

यी स्थानबाट पोखरा, अन्नपूर्ण हिमश्रृङ्खला अन्तरगतका विभिन्न हिमाल एकैसाथ अवलोकन गर्न सकिन्छ । यो अवसर प्राप्त गर्न पोखराको प्रमुख शहरी क्षेत्रबाट गाडीमै पुग्न सकिन्छ ।

फोटो फिचरमा देखिएका तस्वीरमा रुपाकोट लगायतका क्षेत्रबाट देखिने पोखरा र आसपासका दृश्य समावेश छन् । पोखरालाई किन यति धेरै रुचनाइन्छ भन्ने कसैको प्रश्न भए यि दृश्य नै त्यसको जवाफ हुन् ।

pokhara-machhapuchhre

खुलेका हिमश्रृङ्खला, मिलेर बसेको शहर, वरपर अविश्वसनीय रुपमा सजिएका प्राकृतिक ताल र पोखरा तथा माछापुछ्रेलाई घरि-घरि ढाक्न पुग्ने बादलले पोखरालाई सँधै एउटा स्वप्न संसार जस्तो बनाएर राखेको छ ।

यस्ता प्राकृतिक छटायुक्त दृश्य आफ्नो आँखै अगाडि देख्दा प्रेमप्रकाश मल्ललले गाएको त्यो गीत धेरैले सम्भिmन्छन्- ‘पोखरा त साँच्चिकै पो पोखरा नै रैछ…’ ।

pokhara-and-stupa-3

pokhara-fewa-tal

pokhara-9

लेकसाइड साँझ परेपछि बिहे मण्डपजस्तै देखिन्छ । यहाँबाट देखिने सबैभन्दा आकर्षक पक्ष सराङकोटबाट गरिने प्यारा ग्लाइडिङ हो । सराङकोटबाट उड्ने प्याराग्लाइडिङ फेवातालको किनारामा ल्यान्डिङ हुन्छ ।

फेवातालको किनाराबाट सराङकोटतर्फ हेर्दा रंगी-विरंगी प्याराग्लाइडिङ उडिरहेको देख्न पाइन्छ । साहसिक मनोरञ्जनमा रुची राख्नेहरु प्याराग्लाइडिङमा उडेर मज्जा लिन्छन् भने नसक्नेहरु हेरेरै भए पनि रमाइलो लिन्छन् ।

pokhara-paragliding-9

pokhara-rupakot-3
pokhara-resort-7

pokhara-17

 

pokhara-rupakot-4

 

pokhara-and-stupa-8

pokhara-resort-15

pokhara-and-lake-14

pokhara-10

 

pokhara-2

whith-out-mountaion-pokhara-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment