+
+
Shares

अनायासै भाइरल भएपछि…

अधिकारी रबिन्द्र अधिकारी रबिन्द्र
२०७३ कात्तिक २५ गते १२:००

इन्टरनेटको दुनियाँमा ‘भाइरल’ भन्ने शब्द पछिल्लो समयमा खुबै चलेको छ । यो शब्दले यस्तो फोटो, भिडियो, पेज, लेख वा लिङ्कलाई जनाउँछ, जुन इमेल वा सोसल मिडिया पोर्टलबाट रातारात धेरैभन्दा धेरैले हेर्छन्, पढ्छन् वा क्लिक गर्छन् ।

त्यसबाट पहिले कसैले नचिनेको मान्छे वा कसैले नहेरेको फोटो, भिडियो, पेज पनि छोटो समयमै प्रसिद्धीको शिखर चुम्न सफल हुन्छ ।

Adhikary_Rabindra
अधिकारी रबिन्द्र

भाइरल हुने प्रक्रियामा प्रमुख भूमिका खेल्ने इन्टरनेटका सामाजिक सञ्जालहरु नै हुन्, जसमा मुख्यगरी फेसबुक, टि्वटर, इन्स्टाग्राम, युट्युब पर्छन् । जसरी ‘भाइरल फिभर’ एक मानिसबाट अर्को मानिसमा शीघ्र सर्दै जान्छ, त्यसैगरी कुनै फोटो वा भिडियो सोसल साइटका एउटा प्रयोगकर्ताबाट अर्कोमा चाँडै सर्दै जाने भएकोले प्रतीकात्मक रुपले भाइरल भनिएको हो ।

भाइरल हुने ट्रेन्डमा प्रायः म्युजिक भिडियो र वास्तविक घटना उतारिएको भिडियोहरु पर्छन् । जस्तै सन् २०१२ मा किम्बर्ली विल्किन्सको ‘त्यसको लागि कसैसँग समय छैन’ भन्ने हास्यास्पद तर वास्तविक कथा भिडियोको रुपमा भाइरल बन्यो । उनले ‘आइ गट ब्रोन्काइटिस’ भन्ने फ्रेजलाई आफ्नै कपीराइट मानेर सो शीर्षकको गीत राखेको भनेर पछि एप्पल कम्पनीलाई मुद्दा समेत हालिन् ।

भाइरल भिडियोको प्रकृति रहस्यमय, रोचक, लोभलाग्दो, हास्यास्पद, प्रेरणादायी वा घृणा निम्त्याउने मध्ये कुनै एक हुने गर्छ । तर, भाइरल भनेको आकस्मात् हुने कुरा हो । यो कसैले चाहेर हुने हैन, कसैले थाहा नपाईकन पनि भएको हुन सक्छ ।

हो, वास्तवमा तपाईं किम कार्दसियन वा लेडी गागा हैन भने तपाईंको टि्वट भाइरल हुने सम्भावना न्यून छ । प्रायः सेलिब्रिटीहरुको पोस्ट वा कुनै नामी पत्रिकाको पोस्टहरु भाइरल हुनु नौलो मानिादैन । तर, कुनै सर्वसाधारणको पोस्ट भाइरल हुनु दुर्लभ कुरा हुन्छ ।

यसमा धेरै कुराले एकैसाथ काम गरेको हुनुपर्छ ।

भाइरल हुन फ्रेम आकर्षक हुनुपर्‍यो, विषयवस्तु मार्मिक हुनुपर्‍यो, सन्देश घतलाग्दो हुनुपर्‍यो, सरल भाषा र भावनात्मक संवेग खुशी-दुःख, माया-घृणाको बीचबाट बग्ने खालको हुनुपर्‍यो ।

रुपचन्द्र महर्जनको क्यामेराको फ्ल्याशबाट फिश्लिङ झोलुङ्गे पुलको छेउमा झिल्का बल्यो र कुसुम श्रेष्ठलाई रातारात सेलिब्रिटी नै बनायो । नत्र गाउँगाउँमा पहाडका कुना-कन्दराहरुमा घाँस, सेउला, पत्कर, ढोंड, मल र तरकारीका भारी र दूधका क्यानहरु बोक्ने कुसुमहरु नेपालमा गनेर साध्य छ र ?

ता कि यसले बढीभन्दा बढीलाई प्रभाव छोड्न सकोस् र सेयर गर्न उत्प्रेरित गरोस् । त्यति मात्र भएर हुादैन, यो त्यस्तो बेलामा पोस्ट हुनुपर्‍यो, जुन बेला पूरै क्षेत्र वा राष्ट्रिय मूड एकै झट्कामा लपेटियोस् । सही माध्यम र सही समय अत्यावश्यक छ । यसमा संयोगको भूमिका बढी हुन्छ । सबै कुरो जान्दाजान्दै पनि म भाइरल हुन्छु भनेर कोही हुन सक्दैन ।

भाग्य र अवसरको झिल्काहरु पनि मौका कुरेर यत्रतत्र घुमिरहेका हुन्छन् । जस्तो कि एउटा अवसर रुपचन्द्र महर्जनको क्यामेराको फ्ल्याशबाट फिश्लिङ झोलुङ्गे पुलको छेउमा झिल्का बल्यो र कुसुम श्रेष्ठलाई रातारात सेलिब्रिटी नै बनायो । नत्र गाउँगाउँमा पहाडका कुना-कन्दराहरुमा घाँस, सेउला, पत्कर, ढोंड, मल र तरकारीका भारी र दूधका क्यानहरु बोक्ने कुसुमहरु नेपालमा गनेर साध्य छ र ?

भाइरल भएर जन्मिएका व्यक्तिलाई अनलाइन सेलिब्रिटी भन्ने चलन छ । अनलाइन सेलेब्रिटी भनेका प्रायः क्षणिक चर्चाको विषय हुन्, जो पछि समयसँगै हराएर जान्छन् । किनकि भाग्य वा चमत्कारसाग गाँसिएर आएको ख्याति टिकाउ हुँदैन । आफ्नै असली खुबी छ भने क्रमिक रुपमा सफल हुँदै गएर अन्त्यमा प्रसिद्ध हुन्छ, खहरे खोला जस्तो भाइरल भएर हैन ।

एउटा सानो उदाहरणः प्रारम्भिक चरणमा भाइरल भएको भिडियो तथा पोस्ट गुगलमा सर्वाधिक खोजिन्छ । तर, केही समयपछि त्यो लगभग बन्द हुन्छ । सन् २०१२ तिर ‘ओप्पा गङ्नम स्टाइल’ भन्ने म्युजिक भिडियो अहिलेसम्मकै छोटो समयमा धेरै हेरिएको भिडियो हो, जुन विश्व दर्शक प्लेटफार्मको लागि गुमनाम व्यक्तिले निकालेको भिडियो हो । जुन त्यो सालभरि चल्नु चल्यो, तर अहिले त्यो न हेरिन्छ न पछ्याइन्छ । भाइरल विषयवस्तुको नियति प्रायः यस्तै हुन्छ । भाइरल हुनु छ भने भएरै छोड्छ, केहीले छेक्दैन । ‘गङ्नम स्टाइल’ गीतमा कसले के नै बुझेको थियो होला र अन्धाधुन्ध सेयर गर्न ? अब ती पार्क जे साङ् (साई) ले अर्को गीत कति ल्याइसके, उनका सीमित कोरियन फ्यानहरु बाहेक अरुलाई थाहापत्तो हुँदैन ।

फेरि फर्कौं नेपालकै ‘कुसुम’ घटनामा । यदि इरेजरले त्यो दिनको फोटो खिचाइको घटना मात्र मेटेर जस्ताको तस्तै फेरि घटना-परिघटना दोहोर्‍याइयो भने के होला ?

अप्रत्याशित रुपमा आर्जेको ख्यातिले मान्छेलाई बादलमा सपनाको महल बनाउन मन लगाइदिन्छ

मानिलिऔं, इन्टरनेटको यस्तो हङ्गामा केही भएकै छैन, कुसुम श्रेष्ठ वा रुपचन्द्र महर्जनलाई हामीले चिनेका छैनौं । कुसुम झोलुङ्गे पुल तरेर पिठ्युामा डोकोमा गोलभेंडा बोकेर आउँदै छे र रुपचन्द्रजीले वारिबाट उनको पूरै फोटो खिचे, भारी बिसाएपछि दोस्रो फोटो खिचे र एवम् प्रकारले त्यो फोटो सामाजिक सञ्जालमा अपलोड गरे भने अब त्यो भाइरल नहुने पक्का छ । किनकि त्यो समय त्यस्तै थियो, जतिखेर अपलोड हुँदा त्यो भाइरल हुनेवाला थियो, नत्र तपाईं-हाम्रा पोस्ट जस्तै बेखबर ! एवम् प्रकारले दैनिक क्रियाकलाप गरिरहेको फोटो टम, डिक र ह्यारी सबैले दिनहुँजसो अपलोड गरिरहेकै हुन्छन् । तर, ती त्यत्तिकै बिलाउँछन् ।

अप्रत्याशित रुपमा आर्जेको ख्यातिले मान्छेलाई बादलमा सपनाको महल बनाउन मन लगाइदिन्छ । पाकिस्तानका ‘चायवाला’ मोडल भए । यसमा कुनै सन्देह छैन, उनीमा एउटा मोडलमा हुनुपर्ने खुबी छैन भने समयको बहावसागै उनी मोडलिङ पेशाबाट बढारिनेछन् । अहिले कुसुम पनि अभिनय गर्ने भन्दै छिन् । यो नौलो हैन ।

सन् २०११ मा घरबारविहीन टेड विलियम्स एउटा भिडियोबाट भाइरल भएर चर्चित भए । उनले अमेरिकाको (२०१६ को) राष्ट्रपति निर्वाचनमा लड्ने घोषणा समेत गरे । आकस्मिक इन्टरनेट फेमले मान्छेलाई मनको लड्डु यसरी घिउसँग खुवाइदिन्छ । पछि उनी आफ्नो धरातलमा उत्रिए र उम्मेदवारी त्यागे । तसर्थ भन्न खोजेको के हो भने, यो फेम आउँछ र जान्छ । तर, आफ्नो लक्ष्यमा बाहिरी कुराबाट सजिलै विचलित हुने मान्छे मात्र करिअर परिवर्तन गर्ने दाउमा हुन्छ ।

कुसुमको कुरा पनि त्यही हो, उनको सौन्दर्य उनी एउटा मोडल भइन् भने त्यति झल्किँदैन, जति एउटा सामान्य किशोरी घरायसी काम सघाउन डोको बोकेर निश्फिक्री बजार हिँडेको बेलामा झल्कियो । पर्दाको हिरोइनभन्दा डोको बोकेर श्रम गर्ने उनी जस्ता अरु लाखौं महिला वास्तविक जीवनकै हिरोइन हुन् । पर्दाका कस्मेटिक अनुहारभन्दा ती श्रमजीवीको स्वच्छन्दता धेरै माथि छ । डोको बोक्दैमा गोलभेंडा किचिएसरि भविष्य किचिने हैन, थाप्लोमा लाएको नाम्लोले भाग्य थिचिने पनि हैन ।

तसर्थ, आफूले टेकेको जमिन नै बिर्सिनुभन्दा आफ्नै धरातलमा उभिएर राम्रो गर्दै गए स्वावलम्बी अरु थुप्रैका लागि प्रेरणा पो बन्न सकिन्छ कि ?

ट्विटर  @ravinems

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?