News Summary
Generated by OK AI. Editorially reviewed.- पोल्याण्डकी इगा स्वीआतेकले लन्डनमा जारी विम्बल्डन टेनिस महिला एकलको उपाधि जितेकी छन्।
- स्वीआतेकले अमेरिकाकी अमान्डा अनिसिमोभालाई ६–० र ६–० को सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन्।
- यो स्वीआतेकको पहिलो विम्बल्डन उपाधि र छैटौं ग्रान्ड स्ल्याम उपाधि हो।
२८ असार, काठमाडौं । लन्डनमा जारी विम्बल्डन टेनिसअन्तर्गत महिला एकलको उपाधि पोल्याण्डकी इगा स्वीआतेकले जितेकी छन् ।
उनले अमेरिकाकी अमान्डा अनिसिमोभालाई सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन् । ५७ मिनेटसम्म चलेको खेलमा स्वीआतेक ६–० र ६–० ले विजयी भएकी थिइन् ।
स्वीआतेकले पहिलो पटक विम्बल्डनको उपाधि जितेकी हुन् । यो उनको छैटौं ग्रान्ड स्ल्याम उपाधि हो।
यता अनिसिमोभा भनेओपन इरामा विम्बलडनको फाइनलमा एक गेम पनि नजिती हार्ने पहिलो महिला खेलाडी बनेकी छन् ।
प्रतिक्रिया 4