Comments Add Comment

बार्सिलोना अन्तिम मिनेटमा चुक्यो, रियल मड्रिडसँग अंक बाँड्यो

barca

१८ मंसिर, काठमाडौं । यो सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार भएको खेलमा बार्सिलोना अन्तिम मिनेटमा चुक्यो र चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँग १-१ गोलको बराबरी खेल्न पुग्यो । यससँगै रियलले अपराजित यात्रा कायमै राखेको छ ।

बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको पहिलो हाफमा रियल मड्रिड हावी भएपनि गोल गर्न सकेन ।

दोस्रो हाफमा बार्सिलोलाले सुधारिएको प्रदर्शन गर्यो । र, ५३ औं मिनेटमा लुइस स्वरेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । बार्सिलोनाले अरु केही अबसर पनि गुमायो, जसमा लिओनल मेस्सीको पनि एक छ ।

निर्धारित ९० मिनेटको खेलको अन्तिम मिनेटमा सर्जिओ रामोसले हेड गोल गर्दै खेललाई बराबरीमा पुर्याए । त्यसअघि रोनाल्डोले राम्रो अवसर गुमाएका थिए ।

यो बराबरीसँग रियल मड्रिडको ६ अंकको अग्रता कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment