Comments Add Comment

सेनाको अपस्तालमा सर्वसाधारणको पनि उपचार ! २ अर्बमा बन्दैछ नयाँ भवन

army-hospital2२२ मंसिर, काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको त्रिचन्द्र मिलिटरी अस्पतालको भवन अब आधुनिक बन्ने भएको छ ।
र, अब नेपाली सेनाले थालेको निर्माण कार्य ३० प्रतिशत बन्दैछ । र, सात तलाको अधुनिक भवन भनेपछि अस्पताल सञ्चालन गरेर सर्वसाधारणलाई समेत उपचार खुला गर्ने योजना छ ।

महांकालस्थानमा राष्ट्रिय ट्रमा सेन्टरसँगै रहेको त्रि–चन्द्र मिलिटिरी अस्पताल भवन चन्द्रशम्सेरको पालामा बनेको थियो, जुन २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको थियो ।

अहिले सेनाले यसलाई पुरानै शैलीको सट्टा आधुनिक भवन बनाउँदैछ । यो भवनको निर्माण लागत झण्डै २ अर्ब छ ।
सुरुवातमा यो भवन १४ तल्ला रहने गरी डिजाइन गरिएको थियो । सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले भने, ‘अग्लो भवन बनाउँदा स्थानीयको भवना पनि बुझनुपर्ने भएकोले अस्तापल ७ तलाभन्दा माथि लगिएन, अहिले ७ तलाकै संरचना बनिरहेको छ ।’

army-hospital3नयाँ भवन निर्माण मापदण्डले अग्ला भवन बनाउन रोक लगाएका कारण अहिले यो भवन ७ तल्ला रहने गरी निर्माण भइरहेको छ । १४ तल्लामा डिजाइन हुँदा यो अस्पताल चार सय ५९ शैयायुक्त बनाउने योजना थियो । अब ७ तल्लामा सीमित हुने भएपछि बेड क्षमता घट्नेछ ।  तर, अब अस्पतालको बेड कतिको हुन्छ भन्ने विषय छलफलकै क्रममा रहेको सहायक रथी कार्कीले बताए ।

र, यो सैनिक अस्पताल बनेपछि सर्वसाधारणलाई पनि सःशुल्क उपचारका लागि खुला गर्ने योजना छ । ‘सिभिल अस्पतालमा जस्तै सर्वसाधारणलाई खुला गर्ने योजना छ । तर, यसको निर्देशिका बनेको छैन, के कसरी हुन्छ भन्न अहिले भन्न सकिन्नँ, सैनिक प्रवक्ता कार्कीले भने ।

अस्पतालमा अवकाश प्राप्त र बहालवाला सैनिक कर्मचारी र उनीहरुका अश्रित परिवारलाई निःशुल्क उपचार गरिनेछ । सर्वसाधारणले भने सःशुल्क उपचार गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment