Comments Add Comment

लुम्बिनी कब्जा गर्ने रणनीति अनुसार संशोधन प्रस्ताव आयोः पोखरेल

Ananda pokhrel (3)

२३ मंसिर, काठमाडौं । एमाले नेता आनन्दप्रसाद पोखरेलले लुम्बिनी कब्जा गर्ने रणनीति अनुसार पाँच नम्बर प्रदेश टुक्राउन संविधान संशोधनको प्रस्ताव आएको दाबी गरेका छन् ।

बिहिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता पोखरेलले भारतप्रति लक्षित गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनी कब्जा गर्ने रणनीति अनुसार संविधान संशोधनको प्रस्ताव आएको जिकीर गरे । पूर्व मन्त्री समेत हरेका मन्त्री पोखरेलले सरकारले बिना सन्दर्भ पाँच नम्बर प्रदेशको सीमा हेरफेर गरेर तराई र पहाडका जिल्ला अलग गर्न खोजेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले संसदमा छलफल गरेरै समस्याको समाधान गर्नुपर्ने बताए । संसदमा छलफल हुने बाटो छेकेर समस्या समाधान नहुने उनले बताए ।

नेता रिजालले संविधान संसोधनको प्रस्तावलाई नेपालको विविधतालाई सरकारले भत्काउने खेलको रुपमा बुझ्न नहुने बताए ।

पूर्व मन्त्रीसमेत रहेका नेता रिजालले सबै दलका फरक मत भएपनि सहमतिमा संविधान जारी भएकाले संविधानको स्वीकार्यता बढाएर निर्वाचन गराउन पनि संशोधन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment