Comments Add Comment

‘नेपाली टोपी हाम्रो शान, हाम्रो पहिचान’

dhaka-topi-diwas-1

१७ पुस, काठमाडौं । अधिकांश नेपालीहरु अंग्रेजी नयाँ वर्ष मनाउन व्यस्त भइरहेका बेला नेपाली पहिचान झल्किने ढाका टोपी लगाएर युवायुवतीहरुको एक समूह राजधानीको सडकमा निस्कियो ।

बुढापाकाहरु र औपचारिक समारोहमा मात्रै लगाइने गरेको ढाका टोपी शिरमा ढल्काएर तन्नेरीहरु सडकमा निस्किएपछि कतिपयले अनौठो माने ।

नेपालको राष्ट्रिय झण्डा लिएर ढाका टोपी लगाएकाहरुले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म प्रभातफेरि निकाले । ‘जागरुक युवा अभियान नेपाल’ले ‘हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान’ मूल नारासहित प्रभातफेरि आयोजना गरेको हो ।

dhaka-topi-diwas-4

प्रभातफेरिमा सहभागीहरुले ‘नेपाली मन, नेपाली पन, नेपाली टोपी हाम्रो शान’, ‘नेपाली टोपीः मेरो गौरव, मेरो मेरो पहिचान’ लगायतका नेरा लेखिएका प्लेकार्डसमेत बोकेका थिए ।

अंग्रेजी नयाँ बर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ कि भन्ने उद्देश्यले टोपी दिवसको सुरुआत भएको अभियन्ताहरुले बताएका छन् ।

यस अभियानमा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, ज्ञानमणि कालोटोपी, मोहमद अजमत अलि, शिव धिताल, राजेश खत्री, एल.लम्साल, बसन्त हुमागाई, जनक कार्की लगायत छन् ।

dhaka-topi-diwas-2

पाश्चात्य संस्कृतिले मुलुकलाई गाँजिरहेको र नेपाली मौलिक पहिरन गुमिरहेका बेला ढाका टोपीको संरक्षण गर्ने उद्देश्यले ‘जागरुक युवा अभियान नेपाल’ हरेक वर्ष अंग्रेजी नयाँ वर्षमा यस्तो कार्यक्रम गर्दै आएको छ । अभियानले जनवरी एक तारिकलाई ‘अन्तराष्ट्रिय ढाका टोपी दिवस’ नाम दिएको छ र हरेक वर्ष यसैगरी कार्यक्रम गर्दै आएको छ ।

dhaka-topi-diwas-5

dhaka-topi-diwas-6

dhaka-topi-diwas-3

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment