आइतबार, ११ असार, २०७४
OnlineKhabar.com

जवानी चल्ने, पानी नचल्ने ?

लगभग दुर्इ वर्षपछि यसै हप्ता ती दिदीसँग भेट भयो । चिन्नै सकिनँ पहिला त । ओहो ! दुई बर्षमा यति धेरै परिवर्तन ? शरदीय आकाशमा खुलेकी जून जस्ती दिदी औंसीको अन्धकारमा रूपान्तरित भइछन् । ढकमक्क फूल जस्तो फक्रिएको उनको बैंस जरा काटिएको लालीगुलाफ झैं मुर्झाएछ । स्याउदाना गाला निचोरेको निबुवाजस्तै भएछ ।

“ओई राधा ! चिनिनौ मलाई ? के ट्वाल्ल परेकी ?” साँच्चै, एकछिन त ट्वाल्ट्वाल्ती हेरिरहें आँखै नझिम्क्याई । विश्वास गर्नै गारो पर्यो मलाई तिनै दिदी हो भनेर । (नाम र ठेगाना गोप्य राखिएको छ)

radha-pokharelउनको मुहारमा सदाबहार चम्किरहने मीठो मुस्कान देख्दा कहिलेकहिँ त खुब डाहा लाग्थ्यो मलाई । कति सुखी र खुशी मान्छे ! तनावले गिदी तातिएको बेला यिनै दिदीलाई सम्झेर बिस्तारै चिसिन्थें म ।

साँच्चै, सधैँ खुसी र सुखी देखिन्थिन् दिदी । तनको जति सुन्दरी मनको त्यतिकै कोमल थिइन् उनी । सबैलाई आफू जस्तै सम्झन्थिन् । दायाँबायाँ नसोची विश्वास गरिहाल्थिन् ।

विगतमा जस्तै कफी पिउँदै गफिन मन लाग्यो । तर दिदीले मानिनन् । निकै कर गरेपछि बल्लतल्ल कफी पिउन राजी भइन । मुखबाट शब्द निस्कनु अघि आँखाबाट तप्प तप्प आँसु पो झारिन् दिदीले । असमन्जसमा परेँ म । कफी पिउन कर गरेर गल्ती गरेको महशुस भयो ।

निकैबेरको रूवाईपछि सम्हालिदै भनिन्- “राधा ! यस समाजमा छोरी भएर जन्मनु अपराध रहेछ । दलितको कोखबाट जन्मनु अभिशाप रहेछ ।”

“के भयो र दिदी ?” मेरो प्रश्नको जवाफ फेरी आँसुले दिन थालिन् । ओहो ! के भन्नु । कस्तो संकट ? बाह्य वातावरणमा बगेको चीसो सिरेटोसँगै मेरो मनको गहिराईमा पनि सिरेटो चल्न थाल्यो । जिज्ञासाले मन भरियो ।

“भन्नुस् न दिदी ! के भयो र त्यस्तो ? केही गर्न सक्थें कि मैले ।” यतिन्जेलमा कफी आइपुग्यो ।

“सब बर्बाद भो बहिनी बर्बाद । लोग्नेमान्छेको जात साँच्चै स्वार्थी हुँदोरहेछ । भवँराजस्तै । जुन फूल राम्रो देख्यो त्यसैलाई चुस्दै हिँड्ने । आखिर मेरो के दोष थियो र ? चुस्न जति चुसेर बीच सडकमा अलपत्र छोडिदियो मलाई ।” दिदीको अनुहारमा कठोर धर्साहरू देखिन थाले ।

“कस्तो प्रेमको नाटक गर्न जानेको ? त्यसलाई थाहा थिएन र म दलितकी छोरी हुँ भनेर ? गरिबकी छोरी हुँ भनेर ? त्यसले जति पढेकी छैन भनेर ?२१ औं शताब्दीमा जात केही होइन भन्यो । प्रेममा धनी-गरिब केही हुँदैन भन्यो । तिम्रो लागि घरपरिवार सब त्याग्छु भन्यो । तर अहिले मलाई त्यागेर गयो । पापी ! अधर्मी !!”

“अनि अहिले के गर्दै हुनुहुन्छ त ?” नचाहँदा नचाहँदै पनि दिदीको घाउ कोट्याउन मन लाग्यो ।

“के गर्नु र ? काल पर्खदैँ छु ।”

“शरीर पनि यस्तरी बिग्रिएछ…।”

यो कस्तो समाज ? पुरूषको मात्रै हुन्छ इज्जत ? कथित उपल्लो जातको मात्रै हुन्छ प्रतिष्ठा ? धनी र पढेलेखेकाहरूको मात्रै हुन्छ मर्यादा ?संविधानमा लेखिएको शब्दले समाजमा खोइ के परिवर्तन आयो ? आज पनि समाजमा महिलामाथि अन्याय, शोषण, उत्पीडन कायमै छ

“बिग्रदैंन त ? दुईचोटि त जबरजस्ती एबोर्सन गराए पापीले । आखिर मलाई धोका दिनलाई रहेछ । कोठाभाडा तिर्न नसकेर गार्मेन्टमा काम गर्न थालें । त्यहाँ पनि कहाँ कम थिए र गिद्दहरू ? एकजनाले जबर्जस्ती लुछ्न खोजेपछि त्यहाँ काम गर्नै छाडिदिएँ ।

गाउँमा नआऊ भने । मैले पोल खोल्छु भन्ने डरले होला । फेरि गाउँ जान पनि मन लागेन । घरबेटीले कोठाबाट  निकालिदिए । पछि मकै पोलेर बेच्न थालेँ । केही समय त सडकमै सुतेँ । उता गाउँमा फलानी पोइल गइछ, लोग्नेले छाडेपछि बेश्या भइछ भनेर हल्ला पिटाएछन् । कति सहनु राधा अत्याचार पनि ?” लामो सुस्केरा फालिन् दिदीले ।

“गाउँमा गएर त्यस पापीलाई पाता फर्काउनुपर्छ अब ।” आवेगमा बोलें म ।

“भैगो बहिनी । सम्भव छैन अब त्यो । गाउँमा मलाई बेश्यामा दर्ज गरिसके । अब मेरो कुरा कसैले सुन्दैन । उल्टै सबै मिलेर मलाई नै खेद्छन् त्यहाँ । यो जुनीमा न्याय पाउने आश छैन मलाई । किनकि म दमिनी हूँ । गरिब र अवला छु । यो समाज म जस्ताको पक्षमा बोल्छ र? भैगो राधा, अब मलाई बाँच्ने इच्छा छैन ।”

दिदीको कुराले एकक्षण त म स्थिर भएँ । फूलजस्ती दिदीको बैंस चुस्ने भवँराको कथित भलादमी ब्यक्तित्व सम्झेर घृणा र आक्रोश एकसाथ बढेर आयो । दिदीको कुरा जतिजती सुन्दै गएँ त्यतित्यती छात्तीभित्र ज्वालामुखी विस्फोट होला जस्तो हुँदै गयो । सारै उकुस मुकुस भयो ।

बाहुनको छोरो । पढेलेखेको मान्छे । गाउँघरको हुनेखाने । त्यति मात्रै हो र ? अरूलाई शिक्षा दिने शिक्षक । ओहो ! कसरी सकेको होला यस्तो अपराध गर्न ? अपराध गर्ने अपराधी अहिले पनि  समाजमा सम्मानित जीवन बाँचिरहेको छ । तर, बिचरी दिदी यही समाजमा बेश्याको कलंक बोकेर मृत्यु पर्खिरहेकी छ । प्रश्न छ मेरो यस समाजलाई- “एउटी अवला नारीलाई न्याय दिलाउन सक्छौ समाज ?”

कथित भलादमीलाई त्यतिबेला केही चाहिएन । केवल दिदीको बैंसभन्दा बाहेक । अहिले सब चाहिन्छ रे ! जात, बर्ग, शिक्षा, इज्जत… सब थोक । दिदीलाई बिबाह गर्दा उसको जात जान्छ रे ! बर्ग मिल्दैन रे ! इज्जत,प्रतिष्ठा खतम हुन्छ रे ! जबरजस्ती विवाहका लागि बाध्य पारे ऊ पनि मर्छ रे दिदीलाई पनि मार्छ रे ! यस्ता अपराधी ऊ त किन मर्छ र ? आफ्नो अपराध लुकाउन दिदीलाई चाहिँ मार्न सक्छ । त्यही डरले दिदीले सत्य कुरा सार्बजनिक गर्न पनि सक्नुभएको छैन । सम्झदा पनि शरीरभरि काँडा उम्रिएर आयो ।

एउटी नारीले विश्वासमा नै पुरूषलाई आफ्नो सर्वस्व सुम्पन्छिन् । आखिर संसार विश्वासमै त चलेको हुन्छ । विश्वास गरेर सर्वस्व सुम्पने नारीलाई पुरूषले विश्वासघात गरेभने बेश्याको बात लाग्ने । तर, त्यो विश्वासघाती पुरूषचाहिँ प्रतिष्ठित भइरहने ?

यो कस्तो समाज ? पुरूषको मात्रै हुन्छ इज्जत ? कथित उपल्लो जातको मात्रै हुन्छ प्रतिष्ठा ? धनी र पढेलेखेकाहरूको मात्रै हुन्छ मर्यादा ?संविधानमा लेखिएको शब्दले समाजमा खोइ के परिवर्तन आयो ? आज पनि समाजमा महिलामाथि अन्याय, शोषण, उत्पीडन कायमै छ । दलितहरूमाथिको छुवाछुत र सामाजिक विभेद जस्ताको तस्तै छ । गरिबहरू हेपिएका हेपिएकै छन् ।

गाउँघरमा थाहा पाउलान् भनेर काठमाण्डौंमा कोठा खोजेर राख्दा र लामो समयसम्म कोठामा स्वास्नीको ब्यवहार गर्दा उसलार्इ केही अप्ठेरो भएन । उनको जात गएन । तर, अहिले दिदी अछुत भइन् । दिदीले छोएको पानी उसलाई नचल्ने भयो । हाय ! हाम्रो समाज । जवानी चल्ने पानी नचल्ने !

दलित हुनु अपराध हो ? राम्री हुनु अभिशाप हो ? यदि होइन भने किन आज मृत्यु खोज्दै काठमाण्डौंको सडकमा भौतारिन वाध्य छिन् यी दिदी ?हो, पक्कै पनि दिदीको पनि कमजोरी छ । पापीले बिछ्याएको पासोलाई पवित्र प्रेम सम्झेर स्वीकार गर्नु उनको कमजोरी नै हो । तर, अपराध भने पक्कै होइन ।

एउटी नारीले विश्वासमा नै पुरूषलाई आफ्नो सर्वस्व सुम्पन्छिन् । आखिर संसार विश्वासमै त चलेको हुन्छ । विश्वास गरेर सर्वस्व सुम्पने नारीलाई पुरूषले विश्वासघात गरेभने बेश्याको बात लाग्ने । तर, त्यो विश्वासघाती पुरूषचाहिँ प्रतिष्ठित भइरहने ?

अपराध गर्ने पुरूष अनि अपराधी करार हुनु पर्ने चाहिँ महिला ? कसरी सहन सकिन्छ यस्तो अन्याय ? तर, बिडम्बना ! हाम्रो समाजमा यस्तै भइरहेको छ ।

नारी र पुरूषबिना श्रृष्टिको निरन्तरता सम्भव छैन । यो सार्वभौम सत्य हो । सार्वभौम सत्यलाई शब्दमा मात्र स्वीकार गर्दासम्म यो संसार सुन्दर बन्न सम्भव छैन । शब्द र कर्मको साम्यताले नै सुन्दर संसारको रचना सम्भव छ । निश्चय नै समाजमा सबै पुरूष खराब र सबै महिला असल हुँदैन । तर, हाम्रो समाज पुरूष प्रधान भएको कारण महिलामाथि पुरूष-सत्ता हावी छ । यो हाम्रो समाजको तीतो यथार्थता हो ।

समानताको नाममा समाजमा विकृति बढ्ने क्रम पनि जारी छ । असल संस्कारको अभावमा पुरूषप्रतिको वदलाभाव महिलामा बढिरहेको छ । हीनभाव र वदलाभावले समस्या सुल्झाउन भन्दा उल्झाउन सहयोग गर्छ । समभाव नै समस्या समाधानको सत्य-सूत्र हो । बदलाभाव बोकेर पुरूषलाई प्रताडित गर्दा क्षणिक आनन्द त प्राप्त होला तर समस्याको समाधान भने किमार्थ हुँदैन ।

प्रकृतिले मानवलाई मात्रै विशिष्ट प्रेमभाव प्रदान गरेको छ । विपरीत लिंगबीच हुने आकर्षणलाई मान्छेहरू प्रेमको रूपमा परिभाषित गर्छन् । जुन सत्य होइन । वास्तवमा साँचो प्रेममा स्वार्थ होइन केवल समर्पण हुन्छ; मृत्यु होइन केवल मुक्ति हुन्छ; बन्धन होइन केवल स्वतन्त्रता हुन्छ; प्राप्ति होइन केवल त्याग हुन्छ । कतिपय मान्छेहरूले प्रेमको नाममा पाप गरिरहेका छन् । यिनी दिदीमाथि पनि कथित भलाद्मीले प्रेमको नाममा गरेको पाप नै हो । पाप गर्नेले पापको सजाएँ पाउनै पर्छ । अन्यायमा परेकाले न्याय पाउनै पर्छ ।

र अन्य केही प्रसंग 

बोक्सीको आरोपमा मानव मलमुत्र खुवाएर निर्घात पिटेर हत्या गरिएकी लक्ष्मी परियारले अझै न्याय पाउन सकेकी छैन । उनको आत्मा यतैकतै भडकिरहेको होला । लक्ष्मीले उनी दलित, गरिब र महिला भए वापत एकजना शिक्षकद्वारा पुरस्कार स्वरूप मृत्युदण्ड पाएकी थिइन् । लक्ष्मी दलित, गरिब र महिला नभएकी भए पक्कै पुरस्कार स्वरूप मृत्युदण्ड पाउने थिइनन् ।

केही समय अगाडि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गर्ल्स होस्टलमा ड्युटिमा रहेकी महिला सुरक्षा गार्डमाथि नेपालका एकजना प्रतिष्ठित कलाकारले यौन हिंसा गरेको समाचार  बाहिर आयो । तिनी पीडित महिला पनि आर्थिक रूपमा विपन्न थिइन् । जसको कारण  केही दिनपछि उक्त घटनालाई मिलापत्र गराइयो भन्ने थाहा भयो । समाजको डर देखाएर वा बिभिन्न प्रलोभनमा पारेर मिलापत्रको नाममा हाम्रा प्रहरीहरूले महिलाहरूलाई मृत्युपत्रमा हस्ताक्षर गराइरहेका छन् । अझ कतिलाई हस्ताक्षर गराउने हुन् । सायद त्यो कुरा भगवानलाई मात्र थाहा होला ।

अन्त्यमा

जहिलेसम्म कानुनका रक्षकहरू नै भक्षक हुन्छन् , तहिलेसम्म समाजमा न्याय स्थापित हुँदैन । जहिलेसम्म जात, वर्ग, लिंग, क्षेत्र, भाषा, धर्म, समुदाय आदिको नाममा मान्छेले मान्छेलाई गर्ने विभेदकारी ब्यबहारको अन्त्य हुँदैन, त्यहिलेसम्म समाजमा मानवीय मूल्य स्थापित हुन संभव छैन । त्यसैले मानवमूल्ययुक्त समाज निर्माणको लागि सबै मानव मिलेर एउटा नयाँ महाअभियान पो चलाउने हो कि ?

२०७३ पुष २१ गते ८:२१ मा प्रकाशित (२०७३ माघ १ गते १६:०१मा अद्यावधिक गरिएको)

लेखक परिचय

राधा पोखरेल

अनलाइनखबरमा नियमित स्तम्भ लेख्ने युवापुस्ताकी लेखिका राधा पाेखरेल सामाजिक-राजनीतिक विषयमा केन्द्रित रहेर विशेषतः नारी एवं बालबालिकाकाे पक्षमा कलम चलाउँछिन्
लेखकबाट थप
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२२ प्रतिकृयाहरू प्राप्त
  • ashmi लेख्नुहुन्छ    |   २०७३ पुष २१ गते १३:५२

    ma pani lek haru lekni garxu.I wnt to post on ur page.so wt I hav to do.

    4
    1
    Share

  • loken bhattarai लेख्नुहुन्छ    |   २०७३ पुष २१ गते १३:५३

    manav ko naam maa danav ko khol odhne samajka thula thalu bhanauda manisharule garne kharab aacharan ko yauta pratinidhi story . sarai ramro lagyo keep it up radha

    4
    0
    Share

  • Krishna Lama लेख्नुहुन्छ    |   २०७३ पुष २१ गते १४:२४

    Representation of true story of dalit women. We must fight against any type of discrimination (Caste, gender, disadvantage groups, culture such as chhaupadi etc).

    3
    1
    Share

  • Bhupananada BK लेख्नुहुन्छ    |   २०७३ पुष २१ गते १७:२४

    ज्याजतिको पराकाश्ट राधाजिको लेखले गरेकोइछ ,यस्मा के प्रतिकृया लेख्नु आवश्यक्ता छ र ? हामी कस्तो कानूनी राज्यमा छौ लज्याबोध हुनुपर्ने हो ।

    4
    0
    Share

  • पुर्ण विश्वकर्म लेख्नुहुन्छ    |   २०७३ पुष २१ गते २०:४५

    यो देशमा छुवाछुत अपराध हो भन्ने जानी जानी गरिन्छ ।यो शिक्षा को कमिले मत्र होइन गलत शिक्षा को कारणले गर्दा हो जातिय छुवाछुतलाइ वढवा दिने सबै जातिबदी तथा धर्मगुरुलाई उचित सकारात्मक ज्ञन तथा कार्बही गरिनु पर्दछ सथै देश्का सबै राजनितिक पर्टिहरुले कपटरहित मन ले प्रतिबद्धता गरि ब्याबहरमा उतर्नु पर्दछ याहं सबै राजनितिक पर्टिले छुवाछुत को बिरुद्ध मा कुरा त उठाउछन तर उनिहरुकै कर्यकर्ताहरुले समज म छुवाछुत को संरक्षण गरिरहेका हुन्छन् ,तेस्तै शिक्षक ले छुवाछूत गर्नुहुन्न भनेर शिक्षा दिन्छन् तर आफ्नो ब्याबहरमा आफै छुवाछूत गर्छन् यसको अर्थ त यो भयो कि हमि छुवाछूत रहित समज चहदैनौ सधै रुढिवदी सोच भयको कलन्कित समाजमा बसिरहन मनपराउछौ तेसकारन समज बादल्ल्नुछ भने सोच बदल्ल्नु पर्छ,ब्याबहर बदल्ल्नु पर्छ बोलिमात्र बदेलेर समज बदलिन्न र समाज बदल्ने नाउमा डलर्को खेती गर्नुहुन्न ,
    संसार बदल्नु छ भने सुरु आफै बट्गर्नुपर्छ

    3
    0
    Share

  • रमेश भट्टराई लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते ०:१३

    आज भन्दा ९ दिन अघि सुनसरी इनरुवा-९ देउराली टोलमा पनि टंकमणी भट्टराई भन्ने ब्यक्तिले अपशब्द बोल्यो,लान्छना लगायो,गाली बेइज्जती गर्यो र बिगत २ बर्ष देखि पटक पटक दुर्व्यवहार गर्दै आएको थियो भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा भट्टराईकै छिमेकी एकल महिलाले न्याय पाउँ दोषी उपर कारवाही होस भनेर उजुरी गरेकी थिईन। प्रहरिले उजुरी उपर दुबै पक्षलाई छलफलकालागी बोलायो !पहिलो दिनको छलफल्मा महिलाले कानुनी उपचार होस भन्दै छलफलमा नबस्ने जानकारी गराएर छलफल स्थल बाट बाहिरिएपछी उक्त पुरुष्लाई प्रहरिले झन्डै ८ घन्टा प्रहरिकार्यालयमा थुनेर राखेको थियो ! दिनभरी गाउँले भट्टराई पक्षधर र केही राजनितिक दलका जिल्ला तहका नेता समेतले राती ८/९ बजे निज भट्टराईलाई छुटाएर लागि भोलिपल्ट बिहान ५ बजे पुनः जिल्ला प्रहरि कार्यालयमा पुर्याएका थिए ! गाउँका केही प्रतिनिधिहरुले पिडित महिलाका आफन्तलाई गाउँको बिषय हो गाउँमै मिलाउंनु पर्छ ! त्यदलाई हामी सम्झाउछौं,माफी मगाउँछौ भनेर आग्रह गरेपछी पिडित महिला ,उनका आफन्त र भट्टराई पक्षधर्हरु जिल्ला प्रहरी कार्यालयको प्रहरी महिला सेलमा दोहोरो छलफल गरि मिलापत्र गरि आएकै राती समाजले पनि आफुलाई न्याय

    2
    0
    Share

  • डिल्लीराम लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते ८:०९

    जात कहाँबाट आयो ?कसरी भयो ?कसले जात बनायो ?कसरी चल्यो?कहाँ चल्यो?कहिले देखि चल्यो?
    प्रश्न यो नेपाल ,यो नेपाली समाज ,(जसले आफु ठूलो ठान्छ)
    सृष्टिमा मान्छे एउटै थियो यहाँ दुइटा तथ्य छन १. आजको मानव विकसित हुन् हजारौं ्करोडौ बर्ष लाग्यो बैज्ञानिक तथ्यकै आधारमा पृथ्वी आगोको डल्लो थियो ।पछी चिसिदै जादा पानी पानी भयो पानीमा एक किसिमको ल्याउ उत्पति भयो।ल्याउको ढुसीबाट माछा भयो ।माछाबाट विकसित हुदै करोडौं बर्ष पछि मानव भयो ।(आजको मानव र डल्फिन्को स्वभाव मिल्छ )
    दोस्रो तथ्य -ब्रहमाको नाभि बाट मान्छे उत्पत्ति भयो।विभिन्न ऋषिहरु जन्मे।अङिरस,जमदग्नी,भार्द्व्ज,आदि ।बेद जन्मियो।तिनै ऋषि मूनीहरुका दरसन्तानबाट जात जन्मियो,धर्म जन्मियो।सस्कार,जन्मियो।संस्कृति जन्मियो।महभारत,रामायण ,हिन्दु ,बौद्ध ,क्रिश्चियन ,जैन आदि २जन्मिए।राजा महाराज ,मन्त्री ।यहाँ अन्धविश्वास कुरीतीहरु जन्मिए ।यहाँ भेदभाव जन्मिए(अधिकांश नेपालमा)ठाउँको नाम,गाउको नाम,बोट बिरुवा को नाम बाट पेसा बाटअनेकौं जात-उपजात,थर-उपथर भए ।मानवले मानवलाई नैउच्छ नीच्छ, चल्ने नचल्ने बनायो।यथार्थमा माछाको सन्तान भए पनि ब्रह्मजीकोनाभीबाट जन्मिएको भए पनि सृष्टि त एउटै हो।यस् पृथ्वीमा उत्पत्ति सबै बस्तुहरु सबैले उपभोग गरिरहेका छौ,सबै को प्रान एउटै हो भनेर बुझ्दा बुझ्दै मान्छे मान्छेमा किन फरक ।अन्य प्रतिक्रिया फेरी

    4
    1
    Share

  • sarika magar लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते ११:१४

    wao, Ramro and samasamayek Article. Hamro samaj jasle mahila haru lai Herne Najar purush ko kasto chha ? sochaniye banauchha.lekhdai janu hola ajhai….

    2
    0
    Share

  • ईन्द्रेणी लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते ११:५१

    प्रेम र जवानीले जातपात, उचनीच केही पनि भन्दैन, तर समाजले भन्दछ अनि परिवारले मान्दछ ।

    3
    0
    Share

  • सु दर्शन लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते १४:२८

    लेखिकाले फोटो खिचाउनैको लागि कलम र फोन समातेर जसरी क्यामेरा तिर हेर्दैछिन ( मेरो मत्लब कृतिमता )त्यसैगरि यो आलेख पनि कृतिम लाग्यो । किनकी लेखिकाको ब्यक्तित्वनै रवाफ देखाउने खाल्को छ भनेर उन्ले खिचाएको फोटो बाटै बुझिन्छ ।तै पनि यस्तो दुखद घट्ना समाजमा नहुने होइन ।

    12
    2
    Share

  • krishna kc लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते १८:२५

    राधा जी, धेरै मन प¥यो । हाम्रो समाजको वास्तविकता हो यो । समाजमा ठूलाबडा भनाउँदाहरुले नै जंग हसाउने काम गरेका छन् । यस्तै पेचिलो विषयमा कलम चलाउँदै गर्नुहोला । शुभकामना छ

    3
    0
    Share

  • krishna kc लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते १८:३२

    राधा जी, धेरै मन प¥यो । हाम्रो समाजको वास्तविकता हो यो । समाजमा ठूलाबडा भनाउँदाहरुले नै जंग हसाउने काम गरेका छन् । यस्तै पेचिलो विषयमा कलम चलाउँदै गर्नुहोला । शुभकामना छ .

    1
    0
    Share

  • chudamani लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते १८:४८

    haha timi ta bahuni raichhau ni haina ra? ani kina kapokalpit article lekheko ta huh? Purus le hoina mahila mathi hepeko Mahilaale nai mahila lai hepeko chhan. Jastai Sasu buhari etc ani Jatpat ko kura chha ni dalit dalit bich nai chhuwachhut hunchha kina baahun lai dos huh?

    2
    0
    Share

  • बिजय थापा/ bijaya thapa लेख्नुहुन्छ    |   २०७३ पुष २३ गते ४:२०

    तपाईं बाट सुरु भएकोले यो मननिय छ । यदि दलितले लेखेको भए अतिजातिवादी हुन्थ्यो भन्ने चश्मा हाम्रो समाजमा थुप्रै छ्न ।
    तर यी र यस्ता घटना घट्ने बहुआयामिक कारणहरु र निराकरणको पाटो पनि समावेश गर्नुहोला । यस्तै पठनयोग्य लेख प्रकाशनको लागि शुभकामना ।

    3
    0
    Share

  • Hansa khadka लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते ०:४८

    You are right Radha ji our society is like this so we need to fight them I am 100% positive from your thoughts

    0
    0
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १०:२६

    Article ramro chha. Dalit nai vayeko karan ek jana Nepali Didi le yati dukha paunu serious kura ho. Writer madam chai MODEL jasto lagyo.

    0
    0
    Share

  • JOR MOHAMAD MIYA लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते १०:४१

    It’s the main problem of our society or nation.

    0
    0
    Share

  • Krishna Prasad Ghimire लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते ११:१६

    बेश्याको PULINGA SABDAI CHAINA, ABA बेश्या SABDA NAI HATAUNU PARCHHA, YASLE MAHILA HARULAI BADANAMA BANAYO.

    0
    0
    Share

  • gyanendra लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १३:११

    yesta aparaadhilai karwahi garne police prashan xaina hamro deshma…21th sataabdima pani xuwaxutko kuraa…so bad

    0
    0
    Share

  • Silas लेख्नुहुन्छ    |   २०७३ पुष २६ गते १८:२६

    Aba Sanchchei ladne ho bhane aunosh ek jut houn anyayako lagi jan ma tayar xu

    0
    0
    Share

  • om adhikari लेख्नुहुन्छ    |   २०७३ माघ ४ गते १३:०८

    radhaji yahako lekh sarai man chhune xa dalit mahilako pakshyama lakhnu bhayko xa. dhannybad xa tapaelae.

    0
    0
    Share

  • laxman g लेख्नुहुन्छ    |   २०७३ माघ ५ गते १५:२५

    समाज परिवर्तनको यो यात्रामा हजुरलाई सलाम छ ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this