Comments Add Comment

नयाँ वर्षमा युएम बाइकको खरीदमा छुटको घोषणा

UM Bike IME (8)
२१ पुस, काठमाडौं । युएम मोटरसाइकलले नयाँ वर्ष सन् २०१७ लाई अझ उल्लासमय बनाउन भन्दै आकर्षक योजना ल्याएको छ ।

नयाँ वर्षको योजनामा उपभोक्ताले कुनै पनि युएम बाइकको खरिदमा १५ हजार सम्मको नगद छुट पाउनेछन् ।
योजना जनवरी महिनाभरि लागू हुनेछ । नेपालमा रहेका युएम बाइकका आधिकारीक सोरुमहरुमा यो लागु गरिएको छ ।
um-discountनेपालको लागी युएम बाइकको एकमात्र आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्सले नेपाली बाइक पारखीहरुलाई ध्यानमा राखेर स्कुटरदेखि क्रुजर बाइकसम्म बजारमा उपलब्ध गराएको छ ।

कम्पनीका डिभीजन हेड उज्जवल जोशीले भने ‘नेपाली बाइक पारखीहरुको बदलिँदो चाहानाअनुसार विश्व प्रख्यात अमेरिकन टेक्नोलोजी र डिजाइनमा निर्मित क्रुजर, डर्ट र मोर्टार सिरीजका युएम बाइकहरु उपलब्ध गराउन सफल भएकोमा हामी अत्यन्त खुशी छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment