Comments Add Comment

धम्पुसबाट सूर्योदयसँगै माछापुच्छ्रे हेर्दा (फोटो फिचर)

dhampus-4२३ पुस, काठमाडौं । काठमाडौंमा अध्ययनरत बुटवलकी रुमना श्रेष्ठ आँखै अगाडि माछापुच्छ्रेसँगैको सूर्योदय देख्दा निकै रोमाञ्चित भइन् । जीवनमै यति मनमोहक दृश्य प्रत्यक्ष रुपमा पहिलोपटक देख्न पाएको उनले अनलाइनखबरसँग सुनाइन् ।

उनलाई लाग्थ्यो कि हिमाललाई आँखै आगाडिबाट हेर्न निकै कष्ट बेहोरेर पैदलयत्रा नै गर्नुपर्छ । तर, उनी धम्पुस पुग्दा त्यो भ्रम हट्यो । गाडी चढेर सजिलै धुम्पस पुगेकी उनले यसलाई ‘आश्चर्यजनक’ भनिन् ।

धम्पुसमा सञ्चालित प्याराडाईज होटलका संचालक अम्बर गुरुङ माछापुच्छ्रे हिमाल हेर्नका लागि धम्पुस जस्तो उत्तम ठाउँ अन्यत्र नभएको बताउँछन् । पोखरा र सराङकोट क्षेत्रबाट माछापुच्छ्रे हिमालको एक मात्र चुच्चो देखिन्छ भने धम्पुसबाट ठयाक्कै माछाको पुच्छर जस्तै देखिन्छ । त्यसैले माछापुच्छ्रेको बास्तविक स्वरुप धम्पुसबाटै अवलोकन गर्न सकिन्छ ।

dhampus-6

कुनै समय विदेशी पर्यटकमात्र पुग्ने यो ठाउँमा आजभोलि आन्तरिक पर्यटक पनि प्रसस्तै आउँछन् । विदेशीभन्दा आन्तिरक पर्यटकको चाप बढ्दै गएको छ ।

पर्यटकीय नगरी पेाखरादेखि २२ किलोमिटर दूरीमा रहेको धम्पुस पुग्ने ८ किलोमिटर सडकमात्र पीच हुन बाँकी छ । धम्पुस पुग्न हेम्जादेखि पदयात्रा पनि गर्न सकिन्छ । अन्नपुर्ण पदमार्ग विभिन्न प्रवेशद्वारमध्ये एक हो, धम्पुस ।

dhampus-5
यो स्थान फिल्म तथा गीतहरु सुटिङका लागि पनि प्रख्यात रहेको छ । ‘हाई वे टु धम्पुस’ फिल्म बनेपछि झनै यो ठाउँ चर्चित भएको थियो । धम्पुसमा धार्मिक पर्यटकीय स्थलहरु भुमे मन्दिर, नेवाता बराह, सिद्धवराह पनि छन् ।

पोखरा बसपार्कबाट पनि नियमित रुपमा धम्पुस जानका लागि बसहरु छुट्ने भएकाले धम्पुुुस जान त्यति गाह्रो र अप्ठेरो छैन ।

dhampus-1 dhampus-2

dhampus-3

dhampus-7

dhampus-8

dhampus-9

dhampus-10

dhampus-11

dhampus

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment