Comments Add Comment

सिइओ माग्दै सूर्या लाइफका कर्मचारी बीमा समितिमा, आन्दोलन जारी

लचिलो नियामक

capture

२४ पुस, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्समा चलिरहेको कर्मचारीहरुको आन्दोलनले कम्पनीको काम कारवाही प्रभावित बनेको छ । साताभन्दा अघिदेखि सुरु भएको आन्दोलनको खबर बाहिर सार्वजनिक गरिएको छैन् । तर कर्मचारीहरु आन्दोलनबारे ध्यानाकर्षण गराउँन केही दिन अघि बीमा समितिको कार्यालय समेत पुगिसेकका छन् ।

‘हामीहरु आन्दोलनमा छौं तर सञ्चार माध्यममा अहिले नै जाने सोचमा छैनौं,’ कम्पनीमा रहेको कर्मचारी युनियनका एक सदस्यले भने । उनले कम्पनीको सञ्चालक समिति र हालका कम्पनी प्रमुख मिलेर संस्था बिगार्न लागेकोले आन्दोलनमा उत्रनु परेको जानकारी दिए ।

यता, बीमा समितिले भने बीमा अत्यावश्यक क्षेत्र भएकोले नियमित काम नरोक्न आन्दोलनरत टोलीलाई भनी पठाएको समिति स्रोतहरु बताउँछन् । ‘वहाहरुले स्पष्टसँग लिखित माग राख्नु भएको छैन्, प्रमुख चाँडो ल्याउनु पर्याे भन्ने मागहरु रहेको बुझिन्छ,’ समितिका एक अधिकारीले भने ।

संस्थागत सुशासनमा सधै प्रश्न

बीमा कम्पनीहरुमा संस्थागत सुशासनको विषय सधैं नै गम्भिर रुपमा अगाडी आउने गरेको छ । यता, सूर्या लाइफमा पनि सुशासनमा प्रश्न उठ्दै आएको छ । बिगत ९ वर्षमा ५ जना महाप्रबन्धक परिवर्तन भइसकेको यस संस्था २०७१ असार यता प्रमुख बिहिन अवस्थामा छ । त्यसयता कम्पनीको नेतृत्व नायब महाप्रबन्धक राकेश पोखरेलले सम्हाल्दै आएका छन् ।

लचिलो नियामक

बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०६९ मा प्रमुखको पद खाली भएमा तीन महिना भित्रमा तुरुन्त पदपुर्ती गरिसक्नु पर्ने उल्लेख थियो । तर नयाँ आएको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ ले यो प्रावधान नै हटायो ।

‘यसमा पहिले दिइएका निर्देशनहरुले आकर्षित गर्छ, प्रावधान हटाइएको भन्न मिल्दैन,’ बीमा समितिका ति अधिकारीले भने । प्रावधान नहटेको मान्ने हो भने पनि कडाईका साथ कार्यान्वयन भने हुन सकेको छैन् । जनशक्ति अभावमा प्रमुख पाउन गाह्रो भएको भन्दै कम्पनीहरुले विवशता देखाउँन थालेपछि समितिले प्रमुखको योग्यता सम्बन्धी व्यवस्था केही लचिलो समेत बनाई सकेको छ । समितिले बीमा कम्पनीमा प्रमुख बन्न बैंक तथा वित्तीय संस्थामा ८ वर्ष काम गरेको व्यक्ति भएपनि हुने व्यवस्था गरेको छ । तर सूर्या लाइफ सहित अन्य केही कम्पनी बर्षौदेखि नायबहरुको नेतृत्वमा चलिरहेको छ ।

यस्ता कम्पनीका सञ्चालकहरु आफ्नो पडकमा रहेको प्रमुख नपाउञ्जेल देखाउँनको लागि मात्रै आवश्यकता सम्बन्धी सार्वजनिक सुचना निकाल्ने तर पदपुर्ती नगर्ने गरिरहेका छन् । बीमा समितिका अनुसार माघ नलाग्दै सूर्या लाइफले प्रमुखको नियुक्ति गर्ने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment