Comments Add Comment

ऐश्वर्यालाई प्रेम प्रस्ताव राख्दा

aishabhi1बलिउडका ‘हट जोडी’ अभिषेक-ऐश्र्या बच्चनले बिबाहको दशौं वर्षगाँठ मनाउँदैछन्, अपि्रल २० मा । यसबीचमा उनीहरुले एक सन्तानलाई जन्म पनि दिइसकेका छन् ।

यसै मेसोमा अभिषेक ‘फ्ल्यासब्याक’मा पुगेर रमाइलो खुलासा गरेका छन्, ‘मैले ऐश्र्यालाई कसरी प्रेम प्रस्ताव राखें ?’

अभिषेकको अनुसार न्युर्योकमा उनले पहिलो पटक ऐश्र्यालाई प्रेम प्रस्ताव राखेका थिए । त्यो कठ्याङ्गि्रने चिसो मध्यन्ह थियो । बालकोनीमा उभिएर अभिषेकले ऐश्र्यालाई भनेका थिए, ‘मसँग बिहे गर्छौ ?’

ऐश्र्याले तत्कालै ‘हुन्छ’ भन्ने प्रतिक्रिया दिएकी थिइन् । अभिषेकले ट्वीटरमार्फत लेखेका छन्, ‘मैले धड्किरहेको दिलबाट प्रस्ताव राखेको थिएँ र उनले जवाफ दिन एक सेकेन्ड पनि खर्चिएनन् ।’

मणि रत्नमको फिल्म ‘गुरु’को प्रीमियरपछि नै हो, अभिषेकले ऐश्र्यालाई प्रस्ताव राखेको । गुरु फिल्म सार्वजनिक भएको १० वर्ष भैसकेको छ । यसवीचमा अभिषेक-ऐश्र्याले ९ वर्ष गुजारिसकेका छन् । उनीहरु चार वषिर्य छोरी आराध्याकी अभिभावक बनेका छन् ।

‘ढाई अक्षर प्रेम के’मा अभिषेकसँग ऐशले स्त्रिmन शेयर गरेकी थिइन् । त्यसपछि दुवैले ‘उमराव जान’मा काम गरे । त्यही फिल्मबाट उनीहरु आपसमा नजिकिएका थिए ।- एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment